झगनखबर
मंसिर २३ । स्वर्गीय दुर्योधन गिरी ओखलढुंगा जिल्लाको साबिक फेदिगुठ गाउँविकास समिति वडा नं ३, हाल चम्पादेवी गाउँपालिका वडा नं ४ फेदिगुठमा जन्मनु भएको हो । सानै उमेर देखि नै राजनीतिक परिवर्तनका लागि सकृय रुपमा लागि पर्नु भएका गिरी २३ वर्षको उमेरमै नेश्नल कलेज (हालको शंकरदेव क्याम्पस) को सभापति बन्नु भएको थियो । २००२ सालमा जन्मनु भएका गिरी, सानै उमेरमा विद्यार्थी रानीतिबाट राजनीतिक जीवन शुरुवात गर्नुभएको थियो ।
पञ्चायती सरकारले
विभिन्न अवसरहरुको प्रालेभन देखाउदा पनि प्रलोभनको पछी नलागी देश र जनताकै लागी
लड्ने अठोट गरेर प्रजातन्त्र प्राप्तिकै लागि लडिरहनु भयो । पद र पैसाको पछाडी
नलागी निष्ठावान राजनीति गर्ने गिरी कहिल्यै पनि लाभको पदको लागी संघर्ष नगरेको
समकक्षीहरु बताउछन् ।
सानै उमेर देखि
राजनीतिमा होमीई प्रजातन्त्र प्राप्तिका लागी निकै ठुलो संघर्ष गरेका पुराना
निष्ठावान राजनीतिज्ञ गिरीको निधन भएको छ । नेता गिरीको काठमाण्डौ स्थित स्टार
अस्पतालमा उपचारको क्रममा बिहिबार ७८ वर्षको उमेरमा निधन भएको हो । २००२ साल फागुन
२१ गते पिता स्व. गडुलध्वज गिरी र माता स्व.नर माया गिरीको साहिला सुपुत्रको रुपमा फेदिगुठमा जन्मनु भएका गिरीको २०८० साल मंसिर २१ गते निधन भएको छ ।
गिरीको निधनले ओखलढुंगा जिल्लाको एक निष्ठावान
राजनीतिज्ञको अवसान भएको ओखलढुंगा कांग्रेसको ठम्याई छ । गिरी ओखलढुंगा कांग्रेसको
संस्थापक नेता हुनुहुन्थ्यो । स्वर्गीय गिरी २०२३ सालमा २१ वर्षकै उमेरमा नेपाली
काग्रेस सम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आबद्ध भई राजनीतिमा
होमीनु भएको भतिज धन बहादुर गिरीले जानकारी दिनु भयो ।
‘राजनीति’ जनताको हक र अधिकारका लागि हो, पद र पैसाको लागि होइन भन्ने सोँच बोक्नु
भएका गिरी पटक–पटक पञ्चायती सरकारले अवसरको प्रलोभन देखाउदा पनि कहिल्यै डगमगाउनु भएन । तत्कालीन सुर्य
बहादुर थापा नेतृत्वको पञ्चायती सरकारले जिएम र अन्चलाधिसको पद थमाउदै पञ्चायती
बिरुद्धको गतिविधीमा नलाग्न आग्रह गर्दा पनि उहाँ नमान्नु भएको कांग्रेस नेता
नन्दलाल गिरीले बताउनु भयो । नेपाली कांग्रेसका नेता एवं समाजसेवी धन बहादुर
गिरीका अनुसार, ‘म जागिर खानको लागि
लडेको होइन, जनताको हक अधिकार र प्रजातन्त्र पाप्तिका लागि लडेको हुँ ।’ भन्नुहुन्थ्यो ।
नेश्नल कलेजको सभापति हुँदा, देशका विभिन्न जिल्लाबाट काठमाण्डौ अध्ययन गर्न
आएका विद्यार्थीहरुलाई आवश्यक सहयोग गर्दै कांग्रेस बनाउने काम गर्नुहुन्थ्यो ।
कांग्रेसको संगठन बलियो भएमात्र, प्रजातन्त्र स्थापना र संस्थागत हुन्छ भन्ने अडिग
विश्वास बोकेका गिरी जीवनको अन्तिम समयमा पनि संगठनकै चिन्ता गरिरहनु हुन्थ्यो ।
विद्यार्थी राजनीतिमा
लागेकै कारण त्रिभुवन विश्वविद्यालयको सहायक कर्मचारीको पदबाट तत्कालीन प्रशासनले
पदबाट बर्खास्त गरेको थियो । २०४६ सालको राजनीतिक परिवर्तन पछि निरन्तर रुपमा
नेपाली कांग्रेसको सदस्य रही संगठन निर्माणमा लागी नै रहनु भयो । २०४९ सालको
स्थानिय तहको निर्वाचनमा जिल्ला विकास समितिको सदस्य पदमा निर्वाचीत हुनुभएको थियो
। उहाँ,
गरिव सँग विशेश्वर
कार्यक्रमको अध्यक्ष भएर पनि काम गर्नु भएको थियो ।
पञ्चायत बिरुद्धको
गतिविधीमा संलग्न भएकै कारण पटक–पटक प्रहरीले पक्राउ गरि यातना दिईएको थियो । सुन्धारास्थित भद्रगोल
कारागारमा राखि तीन महिना भन्दा बढी निरन्तर यातना दिइएको थियो ।
२०५८÷०५९ सालमा शेर बहादुर
देउवाले नेतृत्व गरेको प्रजातान्त्रिक कांग्रेसको ओखलढुंगा जिल्लाको सभापति पनि
बन्नु भएको थियो । ओखलढुंगाको कांग्रेसमा विभिन्न पदमा रहेर वा नरहेको बेलामा पनि
संगठन निर्माणमा लागिरहनु हुन्थ्यो । नेपाली कांग्रेसका संस्थापक नेता, प्रजातान्त्रिक
ओन्दोलनका सेनानी दुर्योधन गिरीको निधनले नेपाली कांग्रेस ओखलढुंगालाई अपुरणीय
क्षति भएको पार्टी सभापति तेजेन्द्र खनालले बताउनु भयो । स्वर्गीय गिरीको परिवारमा
एक छोरा एक छोरी हुनुहुन्छ, दुवै जनाको विहे भईसकेको छ भने धर्मपत्नीको भने यो भन्दा अगाडी नै निधन
भइसकेको हो ।