चट्याङ लागेर लैनो भैँसीको मृत्यु, एकजना मानिस घाइते


बैशाख १९ । शुक्रबार दिउँसो पानी सँगै परेको चट्याङ लागेर एउटा लैनो भैँसीको घट्नास्थलमै मृत्यु भएको छ, एकजना मानिस घाईते भएका छन् । जिल्लाको लिखु गाउँपालिका वडा नं ५, काफ्ले टोल बस्ने काजीमान बस्नेतको भैँसीगोठमा  चट्याङ पर्दा भैँसीको मृत्यु भएको हो । दिउँसो करिब २ः३० बजेको समयमा परेको चट्याङले अन्दाजी मुल्य रु १ लाख बराबरको भैँसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सोइ चट्याङको झिल्कोले वडा नं ५ कै डाँडाटोल बस्ने अन्दाजी २० वर्षीय नाराण श्रेष्ठको बाँया हातमा झट्का लागेको छ । झट्का लागेपछि हात निदाउने, झमझमाउने समस्या आएपछि प्राथमिक स्वास्थ्यचौकी बाङगेपिपलमा उपचार भएको जानकारी दिएका छन् । अवस्था सामान्य भएको प्रहरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया