राजकुमार कार्की
चैत २ । अन्तर्राष्ट्रिय सन्त महामंडलेश्वर स्वामी श्री श्री १००८ बाबा कालीदास कृष्णानन्द (परमहंस) स्वामीजी महाराजले सबै दल मिलेर देशको विकास गर्न अनुरोध गर्नु भएको छ । जलजलेश्वर महादेव प्रतिष्ठान मोलुङ गाउँपालिका –४,ले आयोजना गरेको महादेव मन्दिर दर्शन, पूजार्चन तथा अभिनन्दन कार्यक्रममा बोल्दै बाबा कालीदासले यस्तो अनुरोध गर्नु भएको हो ।
प्रतिष्ठानले शनिबार
एक धार्मीक कार्यक्रमको आयोजना गरि बाबा कालीदासलाई निमन्त्रणा गरेको थियो । उक्त
निमन्त्रणालाई स्वीकार गरी दिल्लीबाट शुक्रबार काठमाण्डौ आई २ गते शनिबार
हेलीकप्टरमार्फत ओखलढुंगाको जलजलेश्वर आउनुभएको थियो । महादेवको दर्शन, पूजार्चना पश्चात
धर्मअनुरागीहरुलाई सम्बोधन गर्दै, सबै दल मिलेर देशको विकास गर्नुपर्नेमा जोड दिनुभयो
। कार्यक्रमलाई सम्बोधन गर्दै उहाले भन्नुभयो; ‘यहाँ एउटा मात्रै दल छैन, सबै दल छन्, सबै दलबाट जितेका
प्रतिनिधीहरु हाम्रा अविभावक हुन्, सबै अविभावकहरुलाई नमन गर्दै प्रणाम गर्दै
जितेका प्रतिनिधीहरु एक भएर काम गर्न अनुरोध गर्दछु ।’
‘दलहरु हाम्रो छाता हो, त्यो छातामुनी हामी
सबै बसेका हुन्छौ । त्यो छाताले घाम भएको बेला सितल दिने र पानी परेका बेलामा ओत
दिन सक्ने हुनुुपर्दछ । यहाँ दलहरु नभई जनताको अविभावकको भूमिका निर्वाह गरी सबै
राजनीतिक दल मिलेर सबै एक भएर देशलाई समाजलाई परिवर्तन गर्दै, आर्थीक र भौतिक
विकासमा लाग्न अनुरोध गर्दछु समेत भन्नुभयो ।’
कार्यक्रममा जिल्ला
समन्वय समिति ओखलढुंगाले र मोलुङ गाउँपालिकाले नागरिक अभिनन्दन गरिएको थियो भने
जलजलेश्वर महादेव प्रतिष्ठानले धार्मिक अभिनन्दन गरेको थियो । जिल्ला समन्वय
समितिका प्रमुख टेकराज भट्टराईले अभिनन्दन पत्रमार्फत अभिनन्दन गर्नुभयो । त्यसै
गरी मोलुङ गाउँपालिकाका प्रमुख उत्तम राईले पनि अभिनन्दन पत्रमार्फत अभिनन्दन
गनुभयो । र जलजलेश्वर महादेव प्रतिष्ठानका सल्लाहकार शम्भु प्रसाद दाहालले
अभिनन्दन गर्नुभएको संस्थाका उपाध्यक्ष पाण्डब खतिवडाले जानकारी दिनुभयो ।
अभिनन्दन पश्चात
अन्तर्राष्ट्रिय सन्त महामंडलेश्वर स्वामी श्री श्री १००८ बाबा कालीदासले आफुलाई
निमन्त्रणा गरी अभिनन्दन गरेकोमा आफु रिणी भएको बताउनु भयो । र उहाँले यो पौराणीक
क्षेत्र,
पवित्रभूमिलाई
धार्मीक पर्यटन स्थल बनाउन लागेकोमा खुशी ब्यक्त गर्दै, तन मन र धनले कटिबद्ध
भएर सहयोग गर्ने बताउनु भयो । उहाँले भन्नुभयो; ‘यो पौराणीक क्षेत्रलाई यस पवित्रभूमीलाई
धार्मिक पर्यटक स्थल बनाउने प्रयत्न गरिरहनु भएको छ । तन, मन र धनले म कटीबद्ध भएर सेवा दिन तत्पर रहनेछु ।
सेवा लिन ढिलो हुन सक्ला तर जसरी पनि म सेवा पु¥याउन लाई तयार रहनेछु
। मैले सकेको जानेको सहयोग गर्न म सधै तत्पर रहनेछु ।’
जलजलेश्वर महादेव
मन्दिरमा करिब ३५ मिनेटको कार्यक्रम पश्चात आफ्नो जन्मथलो सिद्धिचरण नगरपालिका–५, सानीटारतर्फ
लाग्नुभएको प्रतिष्ठानका अध्यक्ष तारिणी प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
जन्मथलोमा भेटघाटपश्चात हलेसी महादेव खोटाङ, छिमे ताक्तेन छोलीङ गुम्बा दर्शन र भगवति
मन्दिर दर्शन गर्ने कार्यक्रम पश्चात काठमाण्डौ फर्किने सचिवालयले जानकारी दिएका
छन् ।
बाबा कालीदासलाई जलजलेश्वर ल्याउन महत्वपूर्ण भूमिका र पहल कोशी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री प्रदिपकुमार सुनुवारले गर्नुभएको आयोजकले जनाएको छ ।