बैशाख २६
। स्वास्थ्य कार्यालय रुम्जाटार
ओखलढुंगाका प्रमुख अहमद मन्सुरीलाई
कारबाहीको माग गर्दै एकीकृत समाजबादी पार्टी आन्दोलीत भएको छ । शुक्रबार
रुम्जाटारमा लाग्ने स्थानीय हाटबजारमा कोणसभाको आयोजना गरेर बिरोध कार्यक्रम गरेको
हो । भ्रष्टचार अनियमित्ताका बिरुद्ध एकीकृत समाजबादी पार्टीको आन्दोलन गर्ने राष्ट्रीय कार्यक्रम समेत रहेको
छ । सोई कार्यक्रमलाई आधार मानेर स्वास्थ्य कार्यालय रुम्जाटारका कार्यालय प्रमुख
अहमद मन्सुरीले गरेको बेथितीको बिरुद्धमा शुक्रबार रुम्जाटारमा कार्यक्रम गरिएको
एकीकृत समाजबादी पार्टीका केन्द्रीय सदस्य नेत्र प्रसाद भट्टराईले बताउनुभयो ।
जिल्ला प्रशासन
कार्यालय ओखलढुंगा र औषधी व्यवस्था विभाग विराटनगरले संयुक्त रुपमा गरेको अनुगमनमा
राज्यले निशुल्क दिने औषधी मन्सुरीको मेडीकलमा भेटिएको थियो । उहाँले सन्चालन
गरेको पदमा मेडिकल हलमा राज्यले नागरिकलाई
निशुल्क वितरण गर्नुपर्ने औषधी भेटिएपछि मेडिकल
शील्ड गरिएको छ । आन्दोलन जिल्लास्थित अन्य कार्यालयहरुको बेथीतिको
बिरुद्धमा समेत गरिएको जनाएका छन् ।
मन्सुरीले यो भन्दा
अगाडी पनि विभिन्न बेथीतिको काम गरेको सार्वजनिक हुँदा पनि राजनीतिक संरक्षणमा
कारबाही नगरिएको एकीकृत समाजबादकी महिला नेतृ निर्मला श्रेष्ठले बताउनु भयो ।
प्रमुख मन्सुरीलाई राज्यले कारबाही नगरे स्थानीयबासी जम्मा भएर स्वास्थ्य कार्यालय
ताला लगाउने तयारी समेत भएको उहाँको भनाई छ । श्रेष्ठ रम्जाटारको स्थानीयबासी समेत
हुनुहुन्छ ।
सिद्धिचरण नगर कमिटी
अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा माओबादी केन्द्रका जिल्ला
कमिटी सदस्य कान्छाराम पोखरेलले मन्सुरीको कारबाही र अन्य कार्यालयमा समेत
भ्रष्टचारको छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनु भएको थियो ।
मन्सुरीलाई कारबाहीको माग गर्दै हस्ताक्षर संकलन समेत शुरु गरिएको छ । निर्मला
श्रेष्ठका अनुसार शुक्रबार ८० जनाभन्दा बढीले कारबाहीका लागि माग गर्दै हस्ताक्षर
गरेका छन् । हस्ताक्षर निरन्तर संकलन गरी जिल्ला प्रशासन कार्यालय ओखलढुंगमा
कारबाहीको माग गर्दै बुझाउने र यदि कारबाही नगरे स्वास्थ्य कार्यालयमा ताला समेत
लगाउने कार्यक्रम रहेको केन्द्रीय सदस्य भट्टराईले जानकारी दिनुभयो ।