नेपाली कांग्रेस ओखलढुंगाद्वारा प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न


झगनखबर

मंसिर २० । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसको प्रथम जिल्ला सम्मेलनमा प्रशिक्षण तथा सम्मान कार्यक्रम बुधबार सम्पन्न गरेको हो । जिल्लास्थित नेपाली कांग्रेसमा आबद्ध  रहेका सदस्यहरुलाई  प्रशिक्षण दिइएको नेपाली कांग्रेस ओखलढुंगाले जानकारी दिएको छ । बरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहालले प्रशिक्षण गर्नुभएको थियो । उहाँले लोकतन्त्र, राष्ट्रियता, समाजवाद र कांग्रेसको बारेमा प्रशिक्षण गर्नुभएको थियो ।  काग्रेस भएर गर्नु पर्ने आचरण र व्यवहारको विषयमा प्रष्ट पारिदिनु भएको थियो । प्रशिक्षण दिदै दाहालले लोकतन्त्रको लागि कांग्रेस अपरिहार्य भएकाले जनता संग कांग्रेस र कांग्रेस सँग जनता हुनुपर्नेमा जोड दिनुभयो । समाजबाद शब्दलाई कम्युनिष्टहरुले पनि ज्यादै प्रयोग गरिरहेको र  कांग्रेसको समाजबाद र कम्युनिष्टको समाजबाद फरक भएको विषयमा प्रयोगात्मक प्रयोग गरी देखाउनु भएको थियो । 

आज भएको कार्यक्रममा प्रजातन्त्र र लोकतन्त्रका लागि योगदान पु¥याएका पुराना नेताहरुलाई सम्मान गरिएको थियो । विभिन्न कालखण्डमा नेपाली कांग्रेसलाई योगदान पु¥याएका डेढ दर्जन भन्दा बढी नेताहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । जिल्ला सभापति तेजेन्द्र खनालको सभापतित्व र कोशी प्रदेश सभापति उद्धब थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विशेष अतिथीमा केन्द्रिय सदस्यद्वय प्रदिप कुमार सुनुवार, रामहरि खतिवडा सहभागी हुनुहुन्थ्यो । वडा देखि जिल्ला सम्मका पदाधिकारी तथा  सदस्यहरुको उपस्थितिमा कार्यक्रम गरिएको थियो । स्वर्गीय मित्रसेन दाहाल र स्वर्गीय डिल्लीराम खनाललाई मरणोप्रान्त सम्मान गरिएको थियो । त्यसै गरि बी.पी स्मृति भवन निर्माण गर्नका लागी सहयोग  पु¥याएबापत पनि सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । यस्ताखालका सम्मानका कार्यक्रम अबका दिनमा निरन्तर गर्दै जाने महामन्त्री अजय लुईटेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया