राजकुमार कार्की
जेठ १२ ।
महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकालाई लैंगिक हिंसा सम्बन्धी कार्यस्थलमा
आधारीत एकदिने अनुशिक्षण कार्यक्रम
सम्पन्न भएको छ । मोलुङ गाउँपालिकाको वडा नं १ कुन्तादेवीमा र वडा नं ३ प्राप्चामा कार्यरत सामुदायिक महिला
स्वास्थ्य स्वयम सेविकाहरुलाई एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
युनएफपीएको आर्थीक सहयोग तथा सिएमसी नेपालको सहकार्यमा दुवै ठाउँमा सोमबार
अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । स्थानीयस्तरमा लुकेर बसेका लैंगिक
हिँसाका घटनाहरुलाई बाहिर निकाल्ने उदेश्यले अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको
सिएमसी नेपाल कोशी प्रदेशका स्वास्थ्य संयोजक घनश्याम शर्माले जानकारी दिनुभयो ।
समुदायमा लंैगिक
हिँसाका घटना लुकेर बस्ने गरेको र महिला स्वास्थ्य स्वयम सेविका समुदायमा नै रहने
भएकाले उहाँहरुलाई हिंसाको सहजीकरण गर्न
सजिलो बनाउने उदेश्यले आभिमुखीकरण गरिएको युएनएफपीए जिल्ला संयोजक रेखा श्रेष्ठले
बताउनु भयो । स्थानीयस्तरमा महिनामा कम्तिमा १ देखि २ वटा लंैगिक हिँसाका घटना
स्वास्थ्य संस्थामा र सामुदायिक मनोसामाजिक कार्यकर्तालाई रिफर गर्ने गरेका छन्
। लैंगिक हिँसा के हो, यसका रुपहरुको बारेमा
प्रष्ट बनाइएको थियो । लैंगिक हिँसाले हुने असरहरु र प्रभावको बारेमा, लैंगिक हिंसा भोगेका
ब्यक्तिहरुमा देखिने भावनात्मक, शारीरिक समस्या लगायतका विषयमा अभिमुखीकरण गराइएको
थियो । स्वास्थ्यचौकी कुन्तादेवीमा स्वास्थ्य चौकी इन्चार्ज नरेन्द्र ढकाल र
स्वास्थ्य चौकी प्राप्चामा स्वास्थ्य चौकी इन्चार्ज मित्रमिनु ढकालले अभिमुखीकरण
गराउनु भएको थियो । अभिमुखीकरण कार्यक्रममा वडाभरीका महिला स्वास्थ्य
स्वयमसेविकाहरु र स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
विश्व स्वास्थ्य
संगठनका अनुसार, विश्वमा प्रति ३ जना
महिला मध्ये १ जना महिला आफ्नो जीवनकालमा शारिरीक वा यौनिक हिँसामामा पर्ने गरेका
छन् । ५३ प्रतिशत महिलाहरु आफ्ना श्रीमान र घनिष्ठ साथीहरुबाट हिंसाको अनुभव गर्ने
गरेका छन् । नेपालमा १५ देखि ४९ वर्ष उमेर समुहका २३ प्रतिशत महिलाले १५ वर्षको
उमेरदेखि शारिरीक हिँसा भोगेका छन् र ८ प्रतिशतले कुनै न कुनैबेला यौनहिंसाको अनुभव
गरेको तथ्याँक छ ।
जिल्ला समन्वय समिति ओखलढुंगाका उपप्रमुख तारादेवी कार्की, युएनएफपीए जिल्ला संयोजक रेखा श्रेष्ठ, सिएमसी नेपाल कोशी प्रदेशका स्वास्थ्य संयोजक घनश्याम शर्मा, सुरक्षीत आवास गृह ओखलढुंगाका प्रतिनिधी पेमडोमा शेर्पा र पत्रकार समेतको उपस्थितिमा कार्यक्रम गरिएको थियो । जिल्ला संयोजक श्रेष्ठले महिला हिंसाका असर र प्रभावका विषयमा प्रष्ट बनाउनु भएको थियो । त्यसै गरी उपप्रमुख कार्कीले पहिला–पहिला लंैगिक हिंसाका घटना समाजमै लुकेर बस्ने गरेको सँम्झदै अहिले सक्षम र सबल नागरिकले यस्ता घटना लुकाउनु नहुनेमा जोड दिनुभएको थियो । यो कार्यक्रम अन्य तीनवटा पालिकाका ६ वटा स्वास्थ्य संस्थामा सन्चालन भईरहेको जिल्ला संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।