एपोलो हाइड्रोमा पहिरो जाँदा ३० लाख बढीको क्षति


राजकुमार कार्की

 कातिक १५ । एपोलो हाइड्रोको पाइपमा पहिरो क्षति पु¥याउँदा ३० लाख भन्दा बढीको क्षति भएको छ । केहि दिनदेखि भएको अबिरल वर्षाका कारण शनिबार केल्पु खोलामाथीबाट आएको पहिरोले पाइपमा क्षति पु¥याएको हो । खिजीदेम्बा गाउँपालिका वडा नं ७ र ८ को सिमानामा पर्ने केल्पु खोलाको बिचबाट एपोलो हाइड्रोको पाइप लगिएको छ । खोलामाथीबाट आएको पहिरोले पाइप लाइनको ड्याम, फ्लटवाल, इन्टेक संरचना र २ थान भल्ब लगायत क्षेति भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार, उक्त पहिरोले एपोलो हाइड्रोको करिब ३० लाख १० हजार रकम बराबरको क्षति भएको छ ।

प्रतिक्रिया