कार्तिक ६ । सेलरोटीको मिठास अनि दियोको प्रकाशका साथै देउसी र भैलोका सुमधुर सङ्गीतहरुको गुन्जायमान, यस पर्वको हर्षाेल्लास भद्भुत रहेको छ । काग, कुकुर, गाई, गोरु, दाजुभाईको पूजाक्रम सँगै यमपञ्चकका पाँच दिनमा गरिने यस तिहार पर्व मनाइनुका बारेमा धेरै किंबदन्तीहरु पाइन्छन्। जस मध्य एकदमै प्रचलित कथा यम र उनकी बहिनीको प्रसंग M
मृत्युका देवता यमकी बहिनी यमुना सँग धेरै समय देखि भेट्न पाएका थिएनन् । यमुनालाई आफ्नो दाजु सँग भेट्ने इच्छा भयो । आफ्नो दाजुलाई भेटन आउन विभिन्न माध्यामबाट निम्तो पठाइन् । सबै भन्दा पहिला कागलाई पठाइन्,अनि क्रमशः कुकुर, गाईलाई पठाउदा पनि दाजु नआएपछि, अन्तिममा आफै गएर दाजुलाई भेटेर फूलमालाले पूजा गरि रङ्गीन टिका निधारमा लगाई दिइन् । तोरीको तेलले दाजुको वरीपरी रेखा कोरेर मखमली फूल र दुबोको माला लगाइदिई पूजा गर्दै भाइटिका लगाएकी थिइन् । यहि क्रमलाई यमपञ्चकको पाँचौ दिनमा भाइटिका लगाएपछि तिहारको विधिवत अन्त्य हुन्छ ।