माघ १७ । पाकिस्तानी सहर पेशावरमा बम विस्फोटन हुदाँ ९२ जना भन्दा बढीको मृत्यु
भएको छ । सोमबार दिउसो भएको विस्फोटमा १५० जनाभन्दा धेरै मानिसहरू घाइते भएको
बताइएको छ। स्थानीय समय अनुसार सोमवार दिउसो करिब १M३० बजे एक मस्जिदमा
मानिसहरू भरिभराउ रहेका बेला बम विस्फोटन
भएको थियो। मस्जिदभित्रको अघिल्लो लहरमा रहेर हमलाकारीले आत्मघाती विस्फोट
गराएको सुरक्षा अधिकारीहरूले बताएका छन्। उक्त मस्जिद कडा सुरक्षा व्यवस्था भएको
प्रहरी मुख्यालय भएको क्षेत्रमा रहेको छ। ती आक्रमणकारीले कसरी त्यहाँ प्रवेश पाए
भन्ने विषयमा छानबिन भइरहेको बताएका छन् । पाकिस्तानी तालिबानले उक्त घटनामा आफ्नो
संलग्नता नरहेको बताएको छ । यसअघि आफू तालिबानबाट टुक्रिएको एउटा समूह भएको दाबी
गर्ने एउटा समूहका एक कमान्डरले उक्त घटना आफूले गराएको दाबी गरेको छ। मङ्गलवार
उद्धारकर्ताहरूले पुरिएका मानिसको खोजी
गरेका थिए। सो क्रममा नौ जनालाई जीवितै फेला पारिएको थियो भने २४ जनाको शव भेटिएको
थियो। घटना भएको मस्जिद सहरको सर्वाधिक सुरक्षा भएको ठाऊँ हो । त्यहाँ प्रहरी
मुख्यालय, गुप्तचर निकाय र प्रतिआतङ्कवाद ब्यूरोहरू छन्। प्रधानमन्त्री
शरिफले उक्त आक्रमणको इस्लाम धर्मसँग कुनै सम्बन्ध नभएको बताए। अफगानिस्तानसँगको सीमानजिकै रहेको पेशावर सहरमा
दिउँसोको प्रार्थनाको समयमा दिउँसो करिब १M३० बजे विस्फोट भएको थियो।