प्रजातन्त्रको ७४ वर्ष, को कतिपटक बने प्रधानमन्त्री


राजकुमार कार्की

 फागुन ७ । २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्रको घोषणा भएको थियो । राजा त्रिभुवनले प्रजातन्त्र घोषणा गरेको  करिब ७४ वर्ष बितेको छ । प्रजातन्त्र घोषणा भएको ७४ वर्ष पार हुँदा प्रजातन्त्रमाथी पटकपटक आक्रमण भएका छन् । २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गरी राजाको शासन शुरु गरेका थिए । करिब ३० वर्ष राजाको शासन चल्यो । २०५२ सालमा माओबादीले शसस्त्र युद्ध शुरु ग¥यो । करिब १० वर्ष देश गृहयुद्धमा फस्यो । २०६३ सालमा लोकतन्त्रको घोषणा भयो, २ सय ४० वर्षे राजाको शासन अन्त्य भयो । लोकतन्त्रको घोषणापश्चात देशले स्थायी सरकार पाउन सकेको छैन । लोकतन्त्र प्राप्त भएको करिब १८ वर्ष हुँदा १५आँै पटक सरकार फेरबदल भयो ।

२००७ साल फागुन ७ गते प्रजातन्त्र घोषणा भएपश्चात नेपालमा बनेका प्रधानमन्त्रीहरु

१. मोहन समशेर ज.ब.रा (प्रजातन्त्र घोषणापश्चात अन्तरिक सरकारका प्रधानमन्त्री)

२. मातृका प्रसाद कोइराला २ पटक (बि.सं २००८२००९,२०१०२०११)

३. टंक प्रसाद आचार्य १ पटक (बि.सं २०१२२०१४)

४. डा. के आई सिँह १ पटक (बि.सं २०१४)

५. सुवर्ण समशेर ज.ब.रा. १ पटक (बि.सं २०१५२०१६)

६. विश्वेश्वर प्रसाद कोइराला १ पटक (बि.सं२०१६२०१७)

७. डा. तुलसी गिरी २ पटक मन्त्रीपरिषदको अध्यक्ष (बि.सं २०१९२०२१) प्रधानमन्त्री (बि.स. २०३२२०३४)

८. सुर्य बहादुर थापा ५ पटक मन्त्रीपरिषदको अध्यक्ष (बि.सं २०२१२०२३) प्रधानमन्त्री (बि.सं २०२३२०२५,२०३६२०४०,२०५४,२०६०२०६१)

९. किर्तीनीधी विष्ट ३ पटक (बि.सं २०२५२०२६,२०२८२०३०,२०३४२०३६)

१०. नगेन्द्र प्रसाद रिजाल २ पटक (बि.सं २०३०२०३२,२०४२)

११. लोकेन्द्र बहादुर चन्द ४ पटक (वि.सं २०४०२०४२,२०४६२०४७,२०५३२०५४,२०५९२०६०)

१२. मरिचमान सिँह श्रेष्ठ १ पटक (बि.सं २०४३२०४६)

१३. कृष्ण प्रसाद भट्टराई २ पटक (बि.सं २०४७२०४८,२०५६)

१४. गिरीजा प्रसाद कोइराला ५ पटक (बि.सं २०४८२०५१,२०५४२०५५,२०५५२०५६,२०५६२०५८,२०६३२०६५)

१५. मनमोहन अधिकारी १ पटक (बि.सं २०५१२०५२)

१६. शेर बहादुर देउवा ५ पटक (बि.सं २०५२२०५३,२०५८२०५९,२०६१,२०७४,२०७८२०७९)

१७. पुष्पकमल दाहाल प्रचण्ड ३ पटक (वि.सं २०६५२०६६,२०७३२०७४,२०७९२०८१)

१८. माधव कुमार नेपाल १ पटक (बि.सं २०६६२०६७)

१९. झलनाथ खनाल १ पटक (२०६७२०६८)

२०. डा.बाबुराम भट्टराई १ पटक (बि.सं २०६८२०६९)

२१. खिलराज रेग्मी १ मन्त्रीपरिषद अध्यक्ष (बि.सं २०६९२०७०)

२२. सुशिल कोइराला १ पटक (बि.सं २०७०२०७२)

२३. केपी शर्मा ओली ४ पटक

(बि.सं २०७२२०७३,२०७४२०७८,२०७८,२०८१)

प्रतिक्रिया