२०७९ साल कार्तिक ६ गतेको दैनिक राशिफल

 

दैनिक राशिफल

मेष M चु, चे, चो, ला, लि, लु, ले, लो,

आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ ।

 वृष M  , , , , वा, वि, वु, वे, वो

आज तीर्थाटनको योग छ । नयाँ कार्यको थालनी हुनेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

 मिथुन M का, कि, कु, , , , के, को हा

आजको दिन मध्यम नै रहनेछ । मिहिनेत अनुसारको फल राम्रै पाइनेछ । वैदेशिक कामहरू सहजै अघि बढ्नेछन् , तर स्वादिष्ट भोजन पाइनेछ ।

 कर्कट M हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आज मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आकस्मिक धन लाभ हुनेछ , तर टाढाको यात्रा फलदायी हुँदैन ।

 सिंह M मा, मि, मु, मे, मो, टा, टि, टु, टे

शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

 कन्या M टो, पा, पि, पु, , , , पे, पो

अतिथिका रूपमा सम्मान पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् ।

 तुला M रा, रि, रु, रे, रो ता, ति, तु, ते

आज पारिवारिक समस्या आइपर्ला । आफैले गरेको काममा ढिलासुस्ती हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।

वृश्चिक M तो, ना, नि, नु, ने, नो, या, यि, यु

रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

 धनु M ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

आज नयाँ र शुभ समाचार सुन्न पाइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ । बजार भ्रमणको विशेष योग रहेको छ ।

 मकर M भो, जा, जि, जु, जे, जो, , खि, खु, खे, खो

आज धर्म संस्कृति तथा रीतिरिवाजमा तपाईँको सहभागिता हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिन सफल भइनेछ ।

 कुम्भ M गु, गे, गो, सा, सि, सु, से, सो, दा

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

 मीन M दि, दु, , , , दे, दो, चा, चि

आज भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने मौका समेत मिल्नेछ ।


राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
                                                                                        ज्यो.प. नारायणप्रसाद दुलाल


 

प्रतिक्रिया