सवारी दुर्घटना न्युनिकरण गर्न, सवारी चेकजाँचमा कडाई

ओखलढुंगा २९, फागुन । बढ्दो सवारी दुर्घटना रोक्न जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले ट्राफिक नियम पालनामा  कडाई गर्ने भएको छ । ट्राफिक नियमलाई कडाईका साथ पालना गराउने टाइम कार्ड लागु गराउने, क्षमता भन्दा बढी यात्रु बोक्न नपाउने नियमलाई कडाईका साथ पालना गराउने भएको हो । फागुन २८ गते जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि जानकारी दिएको हो । ट्राफिक नियमको पालना नगरी सवारी सन्चालन गर्ने परिपाटीको अन्त्य गरेर दुर्घटना न्युनीकरण गर्ने प्रहरी नायब उपरिक्षक दिपक बहादुर केसीले बताउनु भयो । कोरोना आउनु भन्दा अगाडी सार्वजनिक सवारी साधनमा टाइमकार्डको अनिवार्य प्रयोग भएको भएपनि कोरोना पछि यसको प्रयोगमा कमी आएको थियो । अब लामो दुरीको सवारीसाधनमा अनिवार्य रुपमा टाइमकार्डको प्रयोग गर्ने ब्यवस्था गर्न लागेको जानकारी दिनुभयो । क्षमता भन्दा बढी यात्रु बोकेर  जिल्ला भित्र तथा बाहिर जाने सवारी साधनलाई छड्के चेकिङ मार्फत कारबाही  गरिने योजना रहेको प्रहरी नायब उपरिक्षक केसीले बताउनु भयो ।

प्रतिक्रिया