दैनिक
राशिफल
दिन मनोरञ्जनपूर्ण रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ ।
व्यवसायका लागि यात्रा सम्भावना छ, तर
घरायसी व्यवहारबाट टाढै बस्नु होला ।
लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी
नै रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।
आज आफ्नो वाक्चातुर्यले काम बन्न सक्छ । कला र गलाको प्रभाव बढ्नेछ
। वाहन लाभ हुने समय छ । जोशजाँगर र हिम्मत बढ्नेछ ।
आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता
मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । स्वास्थ्यमा सुधार पनि आउला ।
श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा सफलता
मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।
आज घर व्यवहारमा झमेला आउनसक्छ । मनमा दुबिधा उत्पन्न हुनेछ ।
पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित रहनेछ ।
आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ
मिल्दै जानेछ । प्रेममा सफलता पाइनेछ । महिला वर्ग बाट विशेष सहयोग पनि मिल्नेछ ।
दानपुण्यका कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न
कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । शुभकार्यको चर्चा रहला ।
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । परिवारसँग रमाइलो भेटघाट
हुनेछ । प्रेममा मधुरता छाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । द्रुत गतिमा
सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, अतः सचेत
रहनुहोला ।
आज रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ ।
व्यापार व्यवसायमा प्रगति होला । नयाँ कार्य वा रोजगारको अवसर पनि मिल्नेछ ।
आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
ज्यो=प= नारायणप्रसाद
दुलाल