मेष चु,
चे, चो, ला, लि, लु, ले, लो, अ
यो साता जुक्ति र बुद्धिको
प्रयोगले समस्या सुल्झाउन सकिनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । आफन्तसँग
सहकार्यको अवसर मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ । साताको अन्त्यमा दुष्ट
व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग खैरो वा घ्यू रङ्ग
हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्म्मीजीको दर्शन गरि यात्रा गर्दा अधिक
सफलता मिल्नेछ ।
वृष इ, उ,
ए, ओ,
वा, वि,
वु, वे,
वो
यो साता बन्न लागेको काम
बिग्रनसक्छ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । साताको
उत्तरार्धमा मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।
साझेदारीको कार्यबाट राम्रो प्रतिफल पाइएला । शेयर बजारबाट पनि विशेष लाभ मिल्नेछ
। यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व
शिवजीको स्मरण गर्नाले राम्रो हुन्छ ।
मिथुन का, कि,
कु, घ,
ङ, छ,
के, को,
हा
यो साता दूरदराज वा दुर्गम
स्थानमा गरिएको यात्रा सफल हुनेछ । कुनै समाचारले मनमा शान्ति छाउनेछ । मित्र जनको
साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति
आउनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग गुलाबी वा रातो हो
। कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ
मिल्नेछ ।
कर्कट हि, हु,
हे, हो,
डा, डि,
डु, डे,
डो
यो साता आफन्त सँग भेटघाट हुनेछ
। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । प्रेम र मित्रताको बन्धन
कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध
कायम हुनेछ, तर
सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ । यो यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पर्पल वा रातो हो
। कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता
मिल्नेछ ।
सिंह मा,
मि, मु, मे, मो, टा, टि, टु, टे
यो साता सफल यात्राको योग छ ।
आफन्त सँग भेट घाट हुनेछ । राजनैतिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । धनार्जनका
नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शुभकार्यको चर्चा पनि चल्नेछ । मध्य सातामा मन
खिन्न हुने स्थिति आउनेछ र बढी धन खर्च होला । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग पहेँलो वा हरियो
हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक
सफलता हात पर्नेछ ।
कन्या टो, पा, पि,
पु, ष,
ण, ठ,
पे, पो
यो साता खर्च बढ्नुका साथै
आर्थिक अभाव देखा पर्न सक्छ । कुनै कुराले मन खिन्न हुने स्थिति आउनेछ । साताको
मध्यबाट न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा
मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र
उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । यो साताका लागि शुभ
अङ्क २,३ र शुभ
रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ
गर्दा राम्रो हुनेछ ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते
यो साता भाग्यले विभिन्न अवसर
जुराउनेछ । अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा
हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । प्रेम र दाम्पत्य जीवन सुखमय
हुनेछ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो वा हरियो हो
। कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
वृश्चिक तो, ना,
नि, नु, ने,
नो, या, यि,
यु
यो साता नयाँ कामको थालनी या योजना बन्ला ।
रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक भेटघाट
हुनुका साथै इस्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ । नयाँ काममा हात हाल्ने समय छ ।
इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । प्रेममा सफलता पनि पाइनेछ । यो साताका लागि
शुभ अङ्क ५,८ र शुभ रङ्ग गुलाबी वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व
नवग्रहलाई स्मरण गर्नाले राम्रो हुनेछ ।
धनु ये, यो, भा,
भि, भु,
धा, फा,
ढा, भे
यो साता अचल सम्पत्ति हात पर्नेछ । नयाँ
कार्य प्राप्तिको योग रहेको छ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । आफ्नै
दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभ
समाचार पनि सुन्न पाइएला, तर आफ्नै घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । यो
साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व
भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
यो साता लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन
छ । नजिकका व्यक्तिबाट विश्वासघात होला । यात्रामा मालसामान हराउन सक्छ । मध्य
साताबाट भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । पदोन्नतिको सम्भावना
प्रबल रहेको छ । यात्रा र भ्रमण को योग पनि छ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग खैरो वा पहेँलो हो
। कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले राम्रो हुनेछ ।
कुम्भ गु, गे, गो,
सा, सि,
सु, से,
सो, दा
यो साता विपरित वर्गसँग भेटघाट, साथ र सहयोग मिल्नेछ । एउटै
कामबाट दोहोरो लाभ मिल्नेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । साथी भाइको भेटघाटले
मन प्रफुल्ल रहला । साथै अकस्मात् धन सम्पत्ति हात पर्नेछ । प्रेम प्रस्तावसमेत
प्राप्त हुनसक्छ । साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग घिउ रङ्ग वा रातो
हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता
मिल्नेछ ।
मीन दि, दु, थ,
झ, ञ,
दे, दो,
चा, चि
यो साता वाक्पटुता द्वारा आफ्नो
काम सफल बनाउन सकिनेछ । माया मारिसकेको या नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट
व्यक्तिको सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शेयर बजारबाट पनि लाभ
नै मिल्नेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग निलो वा सेतो हो ।
कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य र यात्रा गर्नाले अधिक सफलता
मिल्नेछ ।
- ज्यो.प.
नारायणप्रसाद दुलाल