कांग्रेसले चाहेर बनाएको संविधान, कांग्रेसले नै जोगाउनु पर्छ : महामन्त्री थापा


झगनखबर

मंसिर २० । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेसले चाहेर बनाएको संविधान भएको बताउनु भएको छ । बी.पी स्मृति भवन उद्घाटन गर्न ओखलढुंगा आईपुग्नु भएका थापाले कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

माओबादीले चाहेजस्तो, मधेसी पार्टीले चाहेजस्तो संविधान नभई नेपाली कांग्रेसले चाहेर बनाएको संविधान भएकाले यसलाई जोगाउने दायित्व पनि नेपाली कांग्रेस नै भएको बताउनु भयो । यो व्यवस्था हाम्रो जग हो, यो संविधान हाम्रो जग हो । नेता गिरिजा प्रसाद कोईरालाको नृतृत्वमा भएको शान्ति प्रकृया, नेता सुशिल कोईरालाको नेतृत्वमा बनेको संविधान र नेता शेर बहादुर देउवाको कार्यान्वयनमा लिएर गएको यो संविधान हो । उहाले भन्नु भयो; ‘ यो संविधान माओबादीले चाहेजस्तो होइन, एक मधेश एक प्रदेश हुनुपर्छ भन्ने मधेशबादी दलले चाहे जस्तो पनि होइन, कांग्रेसले चाहेर बनाएको संविधान हो ।हामीले चाहेका सबै कुरा परेनन् होला, पर्दैनन् पनि ! देशभित्र सबैलाई मिलाउनु पर्छ । मूलतः यो लोकतान्त्रीक गणतन्त्रको संविधान नेपाली कांग्रेसको जगमा बनेको संविधान भएको बताउनु भयो । अरुपार्टीले चाहेको जस्तो संविधान नभएको पनि बताउनु भयो ।

 संधिान कार्यान्वयन गर्न केहि समस्या आएका छन् । यस्तो समस्या नेपालमा मात्र नभएर सन्सार भरी आउने गरेको बताउनु भयो । निर्वाचन प्रणालीको उदेश्य सबै वर्गको सहभागीता संसदमा होस भनेर बनाएको हो ।  तर यहाँ त्यस्तो नभई यसको दूरुपयोग गरि इष्टमित्र, नातागोता आफन्त पैसा भएका मानिसले समानुपातिकको नाममा टिकट लिएर गएका छन् ।  यसलाई रोक्ने दायित्व नेपाली कांग्रेसको भएको  बताउनु भयो । प्रदेशलाई दिनुपर्ने अधिकार केन्द्रले मुठी कसेर बसेको छ काम गर्नेलाई काम गर्न दिएको छैन यसले संविधान कार्यान्वयनमा समस्या भएको बताउनु भयो ।

प्रतिक्रिया