तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले विजयी

वैशाख १२  । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी  उम्मेदवार डा. स्वर्णिम वाग्ले  विजयी हुनुभएकोछ ।

निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मतका साथ विजयी हुनुभएको हो । वाग्लेको ३४ हजार ९१८ मत र  भट्टराईको  २० हजार १२२ मत रहेको छ । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याउनुभएको हो  ।

नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो हुनुभयो । राप्रपाकी शोभा गुरुङको २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाको १६६ मत रहेको छ । निर्वाचन अधिकृतको कार्यालयले मत परिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

यसअघि गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि उपनिर्वाचन भएको थियो । स्वर्णिम नेपाली कांग्रेस त्यागेर रास्वपाबाट निर्वाचन लडेका थिए ।

प्रतिक्रिया