घाँस काट्न रुख चढेका तामङको करेन्ट लागेर मृत्यु


राजकुमार कार्की

 मंसिर ९ ।ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका वडा नं २ का अमर बहादुर तामङको करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको छ । घाँस काट्न रुखमा चढेका तामङको रुखमै करेन्ट लागेर ज्यान गएको हो । नस्बु हिवाटोलका तामङ, मंगलबार दिउसो करिब ३ः४० बजेको समयमा गाइवस्तुको  लागि दुधिलोको घाँस काट्न रुखमा चढ्नु भएको थियो । रुख चढ्नसाथ केन्द्रीय लाइनको विद्युतको तारले रुखमा छोएका कारण करेन्ट लागेर रुखमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । रगनी प्रहरी चौकीले घट्नास्थल सुरक्षीत राखिएको र थप अनुसन्धान र कानूनी प्रकृयाका लागि इलाका प्रहरी चौकी खिजीफलाटेका प्रहरी निरीक्षक दिपक कुमार सिँहको कमाण्डमा प्रहरी गएको बताएका छन् । घट्नाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया