भँडारेमा सुमो दुर्घना, तीजनाको घट्नस्थलमै मृत्यु


 माघ १७ । ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका अन्तर्गत भँडारे खोलामा सुमो दुर्घना हुँदा तीजनाको घट्नास्थलमै मृत्यु भएको छ । खोटाङबाट बिरामी लिएर काठमाण्डौ जाँदै गरेको सुमो बिहिबार बिहान करिब ६ः३० बजेको समयमा दुर्घटनाग्रस्त अवस्थमा भेटिएको थियो । दुर्घटनामा ५६ विर्षीय माया देवी गुरुङ उहाँको छोरा २८ वर्षिय पुजन गुरुङ र उहाकी बहिनी ४५ वर्षिय तारा गुरुङको घट्नास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । ना १ ज ६४२१ नम्बरको सुमो खोटाङ जिल्लाको केपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाणडौ जाँदैगरेको थियो । राती नै दुर्घटना भएको हुनसक्ने स्थानियबासीले जनाएका छन् । विहान करिब ६ः३० बजेको समयमा सुमो दुर्घना भएको अवस्थमा स्थानियले भेटेर प्रहरीलाई जनकारी दिएका   थिए । चालक सुनसरी जिल्लाको इनरुवा निवासी वर्ष २२ का अनिल पण्डित फरार अवस्थामा रहेको जानकरी दिएका छन् ।

बिरामी माया गुरुङलाई उपचारको लागि छोरा र बहिनीले काठमाण्डौ लिएर हिँडेका थिए । दुर्घनाबाट तीनैजनाको घट्नास्थलमै मृत्यु भएको छ । सुमोमा चालक सहित ४ जना मात्रै सवार थिए । घट्नाको बारेमा थप विवरण आउन बाँकी रहेको छ । घटनाको विषयमा थप खोजी  र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाकारी दिएको छ ।

प्रतिक्रिया