ओखलढुंगामा सांकेतिक भाषा तालिम सन्चालन


ओखलढुंगा १८, चैत । ओखलढुंगाको सदरमुकाममा  सांकेतिक भाषा तालीम सन्चालन भईरहेको  छ ।  समाबेशी विकासका लागि बिकलाङ्ग मन्च नेपाल ( फोडीड नेपाल) को अयोजनामा तिन महिने सांकेतिक भाषा तालीम चैत १० गते देखि सन्चालन भईरहेको हो । विभिन्न अपाङ्गता भएका १६ वर्ष देखि ४० वर्ष ननाघेका  १२ जना भन्दा बढी ब्यक्तिहरु तालीममा सहभागी भएका छन् । सांकेतिक भाषा सिक्न चाहाने  जिल्ला भरी रहेका अपाङ्गता भएका ब्यक्तिहरुलाई सहभागी गराइएको फोडीड नेपालका अध्यक्ष गोपालमान थापाले जानकारी दिनुभयो । कान नसुन्ने र बोल्न नसक्नेहरुका लागि सांकेतिक भाषाको तालीम महत्वपुर्ण हुने बताएका छन् । कान सुन्न नसक्ने र बोल्न नसक्नेहरुका लागि दोभाषेको रुपमा प्रयोग गर्न सकिने भएकाले अन्य अपाङ्गता भएका ब्यक्तिहरुलाई पनि सांकेतिक भाषा तालिममा सहभागी गराईएको अध्यक्ष थापाले बताउनु भयो । सांकेतिक भाषा तालिममले जिल्लाका कुनाकन्दरामा भएका अपाङ्गता भएकाहरुको थप विकास गर्न सहयोग पुग्ने जानकारहरुले बताएका छन् । नेपाल पत्रकार महासंघ ओखलढुंगाको हलमा सन्चालन भएको तालीमको सहजीकरण अनुजा पोखरेल ( बहिरा) ले गरिरहनु भएको छ । तालिममा सहभागीहरुलाई खाने बस्ने समेतको ब्यवस्था भएको आयोजकले जनाएका छन् ।

महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सिद्धिचरण नगरपालिका, चिसंखुगढी गाउँपालिका, सामुदायिक अस्पतालको सि.बि.आर.कार्यक्रममको आर्थीक सहयोगमा र नेपाल पत्रकार महासंघ ओखलढुंगा र ओखलढुंगा बहिरा संघको समन्वयमा  तालिम सन्चालन गरिएको हो ।

प्रतिक्रिया