झगनखबर
मंसिर २६ । पूर्वप्रधानमन्त्री एवं नेकपा
एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले साम्प्रदायिक्ता भड्काएको
आरोप लगाउनु भएको छ । झुलाघाट चिवाभन्ज्याङ्ग समृद्धिको संकल्प यात्रा अन्तर्गत
ओखलढुंगाको हर्कपुरमा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो
बताउनु भएको हो । सिन्धुली, उदयपुर, खोटाङ्ग, ओखलढुंगा र सोलुखुम्बु जिल्लाका पार्टी कार्यकर्ताहरुको उपस्थितिमा
कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन
गर्ने क्रममा ओलीले अहिलेको गठबन्धनको सरकारले साम्प्रदायिक्तालाई भित्र–भित्रैबाट टेवा
दिईरहेको छ, जनताको बिचमा फाटो ल्याउने होइन, एकतामा ल्याउनु पर्ने बताउनु भयो । कतिपय
राजनितिक मुद्दामा मतभेद हुन सक्दछन्, त्यस्ता मतभेदलाई छलफल र कानूनी प्रकृयाबाट
औचित्यको पुष्टि गरी समाधान गर्नु पर्नेमा जोड दिनुभयो ।
यो जिल्लामा आईपुग्दा
शहिदहरुको याद आउने गरेको बताउदै गुरु लुईटेल लगायत विभिन्न कालखण्डमा मारिएका
शहिदहरु प्रति हार्दिक श्रदासुमन ब्यक्त गर्दै सम्झन चाहान्छु, भन्नु भयो ।
पञ्चायतको बिरोधमा यस जिल्लाको ठुलो योगदान रहेको बताउनु भयो । एमालेको बहुमत बिना
यो देशलाई स्वाभिमानी, स्वाधिन, समृद्धी र सुखी बनाउन सकिदैन, त्यसको पूर्वभ्यासका लागि ‘मिसन ८४ समृद्धीको
संकल्प यात्रा’ गरेको बताउनु भयो ।
उहाले भन्नुभयो; मिसन ८४ कसैको बिरुद्धमा होइन र एमालेको लागि पनि नभई देश र जनताको पक्षमा
गरेको हो ।’ भ्रष्टचारको अन्त्य, सुशासन कायम र
राष्ट्रिय हित गर्न एमालेले मात्रै गर्न सकेको इतिहाँस र ब्यवहारले पुष्टी
गरिसकेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै
ओलीले मध्यपहाडी राजमार्ग र पुष्पलाल राजमार्ग आसपासमा कस्ता खालका उद्योग, पसलहरु बनाउन सकिन्छ
त्यसको बारेमा अध्ययन र छलफल गरिने पनि बताउनु भयो । कृषीलाई निर्वाहमुखी होइन, जीवन धान्ने मात्रै
होइन,
आफ्ना सन्तानलाई पु¥याएर पनि बचत गर्ने
सम्मको बनाउन प्रयत्न र छलफल गर्ने बताउनु भयो । आफ्नो यात्राको क्रममा आएका माग र
ज्ञापनपत्रहरुलाई काठमाण्डौ पुगेर अध्ययन गरी समाधान गर्ने आश्वासन दिनुभयो ।
पूर्वाभ्यासको रुपमा मिसन ८४ झुलाघाट देखि चिवा भन्ज्याङ्ग सम्मको २ हजार
किलोमिटरको कठिन यात्रा शुरु गरिएको बताउनु भयो । मिर्चैया देखि घुर्मी सम्मको सडक
निर्माण,
कटारीमा ५० शैयाको
अस्पताल घाइघाटमा १०० बेडको अस्पताल निर्माण गर्नको लागि माग आएको पनि बताउनु भयो
।