भदौरेमा फेरि राई दम्पतिको विभत्स हत्याकान्ड अपडेट


राजकुमार कार्की

 माघ १३ । ओखलढुंगा जिल्लाको भदौरेमा मगर दम्पतिको हत्याको घटना सेलाउन नपाउदै फेरि राई दम्पतिको विभत्स हत्या भएको छ । चिशंखुगढी– ६, भदौरेको बोहोरे टोलका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उहाँकी धर्मपत्नि  अन्दाजी ८० वर्षीय चन्द्रमाया राईको गएराती हत्या भएको हो ।

 पसल सन्चालन गर्दै आएका राई दम्पतिको लुटपाटपछि हत्या गरिएको हुनसक्ने स्थानीय बासीले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, घरको दोश्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओढेको अवस्थामा श्रीमानको शव र श्रीमतिको खाटको छेउ भुइमा सिरक ओढेकै अवस्थामा मृतअवस्थामा शव भेटिएको हो । र खाट मुनी रगत समेत देखिएको भेटिएको छ । मंगलबार विहान करिब ७ः४० बजेको समयमा प्रहरी चौकी निशंखेमा जानकारी प्राप्त भएको थियो ।  घट्ना बारेमा जानकारी पाउने विक्तिक्कै  प्रहरीको टोलीले घट्नास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायव उपरिक्षक मदन केसीले बताउनु भयो ।  उहाले भन्नुभयो; ‘घट्नास्थल सुरक्षीत गरिएको छ, थप अनुसन्धान र सुरक्षाको लागि प्रहरी परिचालन गरिएको छ ।’ 

केहि समय अगाडी पुस १५ गते  भदौरेको गैरीगाउँमा मगर दम्पतिको लुटपाटपछि हत्या गरिएको थियो । त्यो भन्दा अगाडी असोज २६ गते सिद्धिचरण नगरपालिका ४ चार्खुमा एकल महिला रत्न कुमारी कटवाल (कार्की) को पनि हत्या गरिएको थियो । हत्यामा संलग्न भएको आरोपमा चारजना युवा, मिलन भन्ने संगम राई, विनोद राई, प्रकाश भुजेल र  दोर्जे भन्ने अशोक भुजेल पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

फेरि त्यहि ठाउँमा अर्का दम्पतिको उस्तै प्रकृतिमा हत्या गरिनुले आम नागरिकमा त्रास पैदा भएको छ । श्रृंखलाबद्धरुपमा भएका कटनाका कारणले स्थानीयबासी त्रसित हुनुका साथै सुरक्षा चुनौति समेत बढेको छ । गाउँघरमा हुने यस्ताखालका घट्नाले नागरिकको सुरक्षामा चुनौति थपिएको भन्दै, दोषी तत्काल पत्ता लागाई कारर्वाहीको दायरमा ल्याउन स्थानीयबासीले प्रहरी समक्ष आग्रह गरेका छन् ।  

प्रतिक्रिया