मेषः चु चे चो ला लि लु ले लो अ
साताको प्रारम्भमा
कार्यक्षेत्रमा परिश्रम गरेर कार्य सिद्ध गर्न सकिनेछ। नोकरी वा पेशामा राम्रो लाभ
आर्जन गर्न सकिनेछ। साताको मध्यमा दाम्पत्य जीवन सुखमय रहनेछ। व्यापार व्यवसायमा
आफन्तहरूको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा अधिकारी वर्गहरुबाट प्रशंसा पाइनेछ। साताको
अन्तिममा स्वास्थ्यलाई लिएर ध्यान राख्नुहोला। विदेशतिरको सोचविचार छ भने नयाँ
अवसर मिल्नेछ। यो साताको शुभ रंग रातो र गुलाबी हो भने शुभ अंक २ र ३ रहेको छ।
वृषः इ उ ए ओ वा वि वु वे वो
साताको प्रारम्भमा सन्तानको प्रगतिलाई लिएर चिन्ता रहनेछ। प्रेम
सम्बन्धलाई विवाहमा टुङ्ग्याउन सकिनेछ। साताको मध्यमा प्रतिस्पर्धामा सफलता
मिल्नेछ। साहित्य वा कलाको क्षेत्रमा निखार आउनेछ। साताको अन्तिममा साझेदारी
व्यापारबाट लाभ मिल्नेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। यो साताको शुभ रंग
हरियो र रातो हो भने शुभ अंक ३ र ६ रहेको छ।
मिथुनः का कि कु घ ङ छ के को हा
व्यापार व्यवसायमा श्रीवृद्धि
हुनेछ। घरको साज साजाबटमा धन खर्च हुनेछ। घरमा शुभ मांगलिक कार्यको रूपरेखा
बन्नेछ। साताको मध्यमा सन्तानको स्वास्थ्य र शैक्षिक क्षेत्रमा सम्मान पाइनेछ। दिगो
कार्य प्रारम्भ गर्ने समय रहेको छ। साताको मध्यमा वित्तीय वा सरकारी संस्थाबाट लाभ
मिल्नेछ। प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नुको साथै अड्किएको कार्य सम्पादन हुनेछ।
साताको अन्तिममा पेट सम्बन्धी समस्याले सताउनेछ। सवारी साधन चलाउँदाखेरि सचेत
रहनुहोला। श्रमको उचित मूल्यांकन मिल्नेछ। यो साताको शुभ रंग निलो र हरियो हो भने
शुभ अंक २ र ६ रहेको छ।
कर्कटः हि हु हे हो डा डि डु डे डो
साताको प्रारम्भमा धैर्य र पराक्रममा वृद्धि हुनेछ। साहसिक कार्य गर्ने समय रहेको छ। व्यापार व्यवसायमा प्रतिष्ठित व्यक्तिहरूलाई प्रभावित गर्न सकिनेछ। साताको मध्यमा जग्गा जमिनबाट विशेष लाभ प्राप्त हुनेछ। हजुरले सोचेजस्तो परिवारको साथ र सहयोग नमिल्ला। साताको अन्तिममा व्यापार व्यवसायलाई लिएर गरिएको यात्राबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। यो साताको शुभ रंग सेतो र सुन्तला हो भने शुभ अंक २ र ४ रहेको छ।
सिँहः मा मि मु मे मो टा टि टु
साताको प्रारम्भमा बोलिको प्रभावले कार्य सिद्ध गर्न सकिनेछ।
सानोतिनो कुरालाई लिएर सम्बन्धमा मनमुटाब हुन सक्ला। साताको मध्यमा
विद्यार्थीहरूको लेखनकलामा निखार आउनेछ। उद्योग जगतमा नयाँ कीर्तिमान स्थापित गर्न
सकिनेछ। साताको अन्तिममा मेहनतले अध्ययनमा सफलता हासिल गर्न सकिनेछ। अरुको लागि
श्रम वा बुद्धि खर्च गर्नुपर्ला। यो साताको शुभ रंग गुलाबी र निलो हो भने शुभ अंक
३ र ८ रहेको छ।
कन्याः टो पा पि पु ष ण ठ पे पो
साताको प्रारम्भमा समाजिक
क्षेत्रमा दायित्व निर्वहन गर्नमा सहयोगीहरुको सहयोग प्राप्त हुनेछ। छरछिमेकीसँगको
मनमुटाव सुल्झिनेछ। साताको मध्यमा रोकिएको कार्य प्रारम्भ हुनु साथै नयाँ
कार्यतर्फ अग्रसर भइनेछ। आफन्तहरूसंग रमाइलो समय बित्नेछ। साताको अन्तिममा कार्यको
सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट हुनेछ। अरुलाई सल्लाह दिनदेखि
बच्नुहोला। यो साताको शुभ रंग हरियो र निलो हो भने शुभ अंक ६ र ७ रहेको छ।
तुलाः रा रि रु रे रो ता ति तु ते
साताको प्रारम्भमा वैदेशिक
रोजगारमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा कार्य समयमा सम्पादन नहुनाले अधिकारी
वर्गहरु असन्तुष्ट रहन सक्छन्। साताको मध्यमा बौद्धिक क्षमताले लक्ष्य पहिल्याउन
सकिनेछ। भौतिक संसाधन जुटाउन सकिनेछ। साताको अन्तिममा ठेकापट्टाको कामबाट लाभ
मिल्नेछ। न्यायिक वा कानुनी समस्याहरू सुल्झिनेछन्। यो साताको शुभ रंग सेतो र
गुलाबी हो भने शुभ अंक ७ र ९ रहेको छ।
वृश्चिकः तो ना नि नु ने नो या यि यु
साताको प्रारम्भमा
कार्यक्षेत्रमा परिवारको पूर्ण सहयोग मिल्नेछ। व्यापार व्यवसायमा नयाँ कार्य
थालनीको लागि उपयुक्त समय रहेको छ। साताको मध्यमा इच्छाशक्ति जुट्नुको साथै लक्ष्य
प्राप्ति गर्नमा सहायता मिल्नेछ। व्यापार व्यवसायमा इष्टमित्रको सहयोग मिल्नेछ।
साताको अन्तिममा लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। शत्रुहरू पराजित
हुनेछन्। यो साताको शुभ रंग खैरो र हल्का निलो हो भने शुभ अंक ७ र ८ रहेको छ।
धनुः ये यो भा भि भु धा फा ढा
भे
साताको प्रारम्भमा व्यापार व्यवसायमा पिता को सहयोग मिल्नेछ। टाढाका साथीभाइहरूसँग यात्राका योग छन्। साताको मध्यमा आलोचकहरूले दुःख दिन सक्छन्। अवसरवादीहरूले लाभ उठाउने चेष्टा गर्नेछन्। साताको अन्तिममा व्यापार व्यवसायमा लाभको समय रहेको छ। गोपनीयतामा ध्यान दिनुहोला। यो साताको शुभ रंग पहेलो र सेतो हो भने शुभ अंक ३ र ८ रहेको छ।
मकरः
भो जा जि जु जे जो ख खि खु खे खो गा गि
साताको प्रारम्भमा धार्मिक
यात्राका योग छन्। अरुलाई सल्लाह दिनदेखि बच्नुहोस्। साताको मध्यमा नोकरी वा
पेशामा पदोन्नतिका योग छन्। जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता हुनेछ। घरमा
बुजुर्गहरूको स्वास्थ्यमा ध्यान राख्नुहोला। साताको अन्तिममा लगनशीलताले अप्ठ्यारो
काम पनि समयमा सम्पादन गर्न सकिनेछ। शेयर बजारबाट धन आर्जन गर्न सकिनेछ। यो साताको
शुभ रंग खैरो र सुन्तला हो भने शुभ अंक १ र ३ रहेको छ।
कुम्भः
गु गे गो सा सि सु से सो दा
साताको प्रारम्भमा
विद्यार्थीहरूलाई वैदेशिक शिक्षाको नयाँ अवसर मिल्नेछ। नयाँ कार्य थालिनको लागि
समय उपयुक्त छैन। आकस्मिक धनहानिका योग छन्। साताको मध्यमा पहिला गरिएको
कार्यहरूबाट मनग्य लाभ प्राप्त हुनेछ। विगतका कमजोरीले मनमा पछुतो पार्नेछ। साताको
अन्तिममा खानपानलाई लिएर स्वास्थ्यमा सजग रहनुहोला। पिताको स्वास्थ्यलाई लिएर
चिन्ता रहनेछ। यो साताको शुभ रंग हल्का निलो र बैजनी हो भने शुभ अंक ३ र ४ रहेको
छ।
मीनः
दि दु थ झ ञ दे दो चा चि
साताको प्रारम्भमा कार्यक्षेत्रमा कार्यलाई टाल्नुभन्दा कार्यलाई सम्पादन गर्नमा विश्वास राख्नुहोस्। विश्वास पात्रहरूबाट भनेजस्तो सहयोग नमिल्ला। साताको मध्यमा महत्वकांक्षी कार्य प्रारम्भ गर्नुभन्दा अघि सोचविचार गरेर निर्णय लिनुहोला। नोकरी वा पेशामा सकेसम्म अरुको विवादस्पद मामिलामा हस्तक्षेप न गर्नुहोस्। साताको अन्तिममा विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ साथै परीक्षामा उचित परिणाम पनि मिल्नेछ। घरपरिवारसँग मनोरञ्जनात्मक पल बित्नेछ। यो साताको शुभ रंग सुन्तला र केशरी हो भने शुभ अंक ४ र ८ रहेको छ।
ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल