झगनखबर
पुस २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी
ओखलढुंगाले पृथ्वी जयन्ती मनाएको छ । जिल्ला कार्यसमिति ओखलढुंगाले शुक्रबार
कार्यक्रमको आयोजना गरी पृथ्वी नारायण शाहको ३०२ औँ जन्मजयन्ती मनाएको हो ।
राप्रपाकी अध्यक्ष पदम कुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लास्थित
नेता तथा कार्यकर्ताहरुको उलेख्य उपस्थिती रहेको थियो । रमाइलो डाँडास्थित पाथीभरा
होटलको सभाहलमा भएको कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता तथा
कार्यकर्ताहरुले पृथ्वी नारायण शाहले गरेको देशको एकिकरणका कारणले आज नेपाली हौँ
भन्ने गर्वका साथ भन्न पााएको बताएका छन् । नेपालमा आयातित धर्मका कारण हिन्दु, बौद्ध, किँरात जस्ता पुराना धर्महरु ओझेलमा परेकाले हाम्रा धर्महरुलाई
जगेर्ना गर्नु हामी सबै नेपालीको कर्तब्य भएको बताएका छन् ।
२८ पुस २०८०, शनिवार ११:०१ मा प्रकाशित
386