राजकुमार कार्की
बैशाख २९ । सिद्धिचरण नगरपालिका–७ स्थित विगुटारको आधारभूत विद्यालयमा शेर्पा भषा सम्भोट लिपीमा बौद्ध शिक्षा पठन–पाठन शुरु गरिएको छ । संयुक्त आधारभूत विद्यालय विगुटार घुन्सामा शेर्पा भाषाको सम्भोट लिपीमा पठन–पाठन शुरु गरिएको हो । सम्भोट लिपि शेर्पा तथा भोट भाषाको माध्यामबाट बौद्ध शिक्षा पठन–पाठन स्थानीय विषयको रुपमा शुरु गरिएको छ । शेर्पा समुदायको मातृभाषा शेर्पा तथा भोट भाषामा कक्षा सन्चालन गरिएको छ । बैशाख २९ गते २५६९आँै बुद्धजयन्तीको अवसरमा विद्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरी शुभारम्भ गरिएको छ । पाठ्यक्रम विकास केन्द्रले शेर्पा भाषाको सम्भोट लिपीमा तयार पारेको किताब विद्यार्थीलाई वितरण समेत गरिएको प्रधानाध्यापक चुडामणी भट्टराईले बताउनु भयो । बालकक्षाका विद्यार्थीलाई छुट्टै किताव र भोट भाषा लेखिएको किताब कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई एकै खालको वितरण गरिएको छ ।
यो वर्ष कक्षा ५ सम्मका सबै विद्यार्थीलाई
एउटै कितावबाट अध्यापन गराउने र आगामी वर्षदेखि क्रमशः अध्यापन गराउदै लैजाने
शिक्षक दोर्ची शेर्पाले बताउनु भयो । कितावमा बुद्धको नैतिक शिक्षा, भाषा, आयुर्वेद,ज्योतिष शास्त्र, काब्य र समग्र मुक्ति र मोक्ष आदि
विषयहरु समेटीएका छन् । पञ्चशील, ध्वजापतका, वेद र बुद्धसँग सम्बन्धित विषयमा पोख्त जनशक्ति उत्पादन गर्ने
उदेश्यले सम्भोट लिपीमा कक्षा सन्चालन गर्न लागिएको नेपाल बौद्ध महासंघ
काठमाण्डौका सल्लाहकार आचार्य नुर्वु
शेर्पाले जानकारी दिनुभयो । यो भाषाका ज्ञान भएका ब्यक्तिहरु कम छन्, अवको १० देखि १५ वर्षमा उत्पादन हुने
शिक्षीत जनशक्ति विश्वका विश्वविद्यालयहरुमा सहज काम पाउने नुर्वु शेर्पाले बताउनु
भयो । भाषाको ज्ञानको अभावका कारण बुद्धका उपदेश, वेद लगायतका किताबहरु अहिले सम्म पनि नेपाली भाषा पाउन कठिन छन्
।
ओखलढुंगाका जिल्लाको खिजीदेम्बा
गाउँपालिकामा शेर्पा समुदायको मातृभाषामा कक्षा सन्चालन गरिसकिएको छ । सिद्धिचरण
नगरपालिकामा शेर्पा समुदायको मातृभाषामा कक्षा सन्चालन गर्ने संयुक्त आधारभूत
विद्यालय पहिलो विद्यालय बनेको छ । यो
विद्यालयमा बालकक्षा देखि ५ सम्म सतप्रतिशत शेर्पा समुदायका विद्यार्थीहरु छन् ।
अहिले सम्म भएका ४८ जना विद्यार्थीहरु सबै शेर्पा समुदायका रहेको वडाअध्यक्ष भल
बहादुर कटवालले बताउनु भयो ।
नेपालबाट अमेरीकामा गएर बसोबास गरेका
नेपालीहरुद्वारा गठित बौद्धशिक्षा आयोजकको
सहयोगमा शिक्षकको ब्यवस्था गरी अध्यापन
शुरु गरिएको छ । स्थानीय भाषाको रुपमा अध्यापन गराउन पाउने नेपालको संविधानमा भएको
ब्यवस्थाअनुसार शेर्पा भाषा तथा भोट भाषाको पाठ्यक्रमको विकास गरी अध्यापन शुरु
गरिएको परम्परागत शिक्षा विकास समन्वय समिति सानो ठिमी भक्तपुरका प्रतिनिधी सार्की
शेर्पाले बताउनु भयो ।
आफ्नो नगरक्षेत्रमा हरेक जातजातिका
भाषासंस्कृतिलाई सहयोग गर्दै आएको र शेर्पा समुदायको भाषा संस्कृतिको विकास
संरक्षण गर्न सहयोग गर्ने कार्यक्रमका विशिष्ट अतिथी सिद्धिचरण नगरप्रमुख तेजेन्द्र खनालले बताउनु भयो । सञ्चार गर्ने
भाषालाई विकास र प्रबद्र्धन गरी सहज रुपमा
अध्ययन अध्यापन गराउन तीनै तहका सरकारहरु लाग्नुपर्ने कार्यक्रमका प्रमुख
अतिथी जिल्ला समन्वय समिति ओखलढुंगाका
प्रमुख टेकराज भट्टराईले बताउनुभयो ।