पुस २७ ।
जिल्लाको खिजीदेमबा गाउँपालिका वडा नं ५ मा आगोलगीले ठुलो क्षति भएको छ । स्थानिय
लक्ष्मी तामाङको घरमा विद्युत सर्टभई
लागेको आगोले ठुलो क्षति भएको हो । २७ गते विहान करिब १ बजेको समयमा भएको
आगोलागीले तामाङको ढुंगामाटो र जस्ताको छानो भएको घर पूर्णरुपमा जलेर नष्ट भएको छ
। सोइ घरमा खिजीदेम्बा ३ का बिनोद सुनुवारले सन्चालन गर्नुभएको कपडा पसल, वडा नं ५ का दशरथ
सुनुवारले सन्चालन गर्नुभएको होटल समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय
ओखलढुंगाले जानकारी दिएको छ ।
उक्त आगोलागीले
वरिपरीका तीनवटा घरमा समेत क्षति भएको छ । ङवाङ फुरि शेर्पा को एकतल्ले पक्कि घरको
२ बटा झ्याल जलेर नष्ट भएको छ । निमा तामाङको तिन तल्ले पक्की घरको पहिलो र दोस्रो
तल्लाको चार वटा झ्याल जलेर नष्ट भएको छ। गोपाल बि.क.को चार तल्ले पक्कि घरको ५
वटा झ्याल जलेर नष्ट भएको छ। उक्त अगोलागीबाट मानवीय तथा चौपयाको क्षति भने भएको छैन । विहान राती लागेको आगो
इलाका प्रहरी कार्यालय र स्थानियबासीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।