मानेभञ्ज्याङ्गमा भीरबाट लडेर बृद्धको मृत्यु


राजकुमार कार्की

 माघ १७ । जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिका–५, रिचुवाका प्रेम बहादुर राईको भीरबाट लडेर मृत्यु भएको छ । बाख्रा चराउने क्रममा महादेवस्थान सामुदायिक वनको भीरबाट लडेर घट्नास्थलमै मृत्यु भएको हो ।

शुक्रबार दिउसो बाख्रा चराउन गएका ६८ वर्षीय राई लामो समय घर नआएपछि परिवारले खोजी गरेका थिए । खोजी गर्ने क्रममा शनिबार दिउसो करिब ३ बजेको समयमा मृतअवस्थामा फेला पारेका थिए । घरबाट करिब ३ किलोमिटर टाढा रहेको महादेवस्थान सामुदायिक वनको भीरबाट लडेर करिब ५०० मिटर तल खसेको अवस्थामा फेला पारेको स्थानीयबासीले जानकारी दिएका छन् । बृद्ध राईलाई मृतअवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी मानेभञ्ज्याङ्गबाट प्रहरी नायव निरीक्षक केशवराज मैनालीको कमाण्डमा गएको टोलीले घट्नास्थल सुरक्षीत गरिएको छ । थप अनुसन्धान र कानूनी प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईको कमाण्डमा  घट्नास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।

प्रतिक्रिया