फागुन ६। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार एमालेकरण भएको टिप्पणी गर्नुभएको छ। सरकारले सदनमा लगेका विधेयक, केन्द्र र प्रदेश हुँदै स्थानीय तहसम्म संयन्त्रमार्फत शासन गर्ने शैलीले कांग्रेसलाई प्रतिनिधित्व नगर्ने बताउनु भयो । मंगलबार काठमाडौंमा भएको नेपाल प्रेस युनियनका जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलालाइ सम्बोधन गर्दै उहाले सरकार लोकतान्त्रिक शक्तिहरूको हो, भन्न कठिन भएको बताउनु भयो ।
“यो सरकार एमालेकरण त भइराखेको छैन ?”, प्रश्न गर्दै कोइरालाले भन्नुभयो, “सामाजिक सञ्जाल विधेयक अभिव्यक्ति स्वतन्त्रताविरूद्ध छ । मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रताविरूद्ध छ ।” उहाले संयन्त्रमार्फत सरकार चलाउने अलोकतान्त्रिक अभ्यास भएको भन्दै विरोध गर्नुभयो ।
६ फाल्गुण २०८१, मङ्गलबार १२:५९ मा प्रकाशित
314