संघियतालाई संस्थागत गरेमात्र देशको विकास संभव छ : देउवा


झगनखबर

 मंसिर १९ । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संघियतालाई संस्थागत गरेमात्र देशको विकास संभव भएको बताउनु भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले  निर्माण गरेको बी.पी स्मृति भवन उद्घाटन गर्न मंगलबार ओखलढुंगा आइपुग्नु भएका देउवाले यस्तो बताउनु भएको हो । बी.पी स्मृति भवन तथा नेपाली कांग्रेस जिल्ला कार्यसमितिको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्न हेलीकप्टर मार्फत ओखलढुंगा आईपुग्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले देश संघियतामा गईसकेको र यसलाई लामो समय सम्म टिकाई राख्न सकेमात्र देशको विकास गर्न संभव हुने बताउनु भयो । देशको विकास गर्नका लागि संघियतालाई लामो समय सम्म टिकाइराख्नु पर्नेमा पनि जोड दिनुभयो ।

सबै जाति, धर्म, लिङ्ग, वर्ग, सबै नेपालीलाई समेट्ने संविधान भएकाले नेपालको संविधान, उत्कृष्ट संविधान भएको पनि बताउनु भयो । संविधान र संघियतालाई कार्यान्वयन गर्दै समग्र देशको विकास गर्न सबै लाग्नु पर्ने पनि बताउनु भयो । संविधानको सफल कार्यान्वयन र सबै नागरिकलाई अपनत्व अनुभव गराउने गरि विकास गर्नलाई नेपाली कांग्रेसको एकल सरकार बन्नु पर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले भन्नु भयो; ‘पार्टीलाई एकिकरण गरेर कांग्रेसको एकल सरकार बनायौँ भने सबै नागरिकलाई अपनत्व हुने गरी विकास गर्न सक्छौ ।अहिलेको आवश्यक्ता विकासलाई सबैको अपनत्व हुने गरी अनुभव गराउनु पर्ने आवश्यक्ता छ ।

ओखलढुंगा शहिदको जिल्ला, ऐतिहासिक जिल्ला हो, यहाँका योद्धाहरुले प्रजापन्त्र प्राप्तिका लागि आफ्नो जीवन आहुति समेत दिएका छन् । ओखलढुंगा जिल्ला विकासका हिसाबले पनि अगाडी बढीरहेको जिल्ला भएको बताउनु भयो ।

प्रतिक्रिया