चिशंखुगढीमा झुण्डिएर मृतअवस्थामा तीन वर्षीय बालीकाको शव फेला


समचार संक्षेप 

- तीन वर्षीय बालीका झुण्डिएर मृत अवस्थामा फेला पारेका छन् ।

- मेख बहादुर राईको छोरी अन्दाजी वर्ष तीनकी मेरिका राईको झुन्डिएर मृत अवस्थामा फेला पारेका हुन् ।

- थाममा झुन्ड्याएको डोरीमा पिङ खेल्न खोज्दा चिप्लिएर डोरी गाँठो परि मृत्यु भएको हुनसक्ने प्रहरी निरिक्षक कार्कीले बताउनु भयो 

राजकुमार कार्की

 भदौ ३ । जिल्लाको चिशंखुगढी गाउँपालिका८ मा तीन वर्षीय बालीका झुण्डिएर मृत अवस्थामा फेला पारेका छन् । स्थानीय छिमेकीको घरको दलानको थाममा प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा मंगलबार फेला पारेका हुन् ।

चिशंखुगढी गाउँपालिका८ पधेरो बस्ने मेख बहादुर राईको छोरी अन्दाजी वर्ष तीनकी मेरिका राईको झुन्डिएर मृत अवस्थामा मंगलबार विहान करिब १०ः३० बजेको समयमा फेला पारेका हुन् । छिमेकी अर्जुन राईको घरमा कोहि नभएको बेलामा घरको दलानको थाममा काँटीमा झुन्ड्याईरहेको प्लाष्टिको नाम्लोको डोरीमा झुन्डिएको अवस्थामा निजको आमाले फेला पार्नु भएको थियो । डोरीमा झुन्डिएकी बालीकालाई आमाले डोरीबाट निकाली हेर्दा मृत्यु भईसकेको थियो । यस्तो अप्रत्यासित घट्ना घटेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । बिमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट प्रहरी गई घट्नास्थल सुरक्षीत गरिएको थियो । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरिक्षक विजय कार्कीको टोली गई आवश्यक कानूनी प्रकृया पुरा गरी बच्चाको शवलाई पोष्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाइएको प्रहरीले जानकारी दिएको छ । थाममा झुन्ड्याएको डोरीमा पिङ खेल्न खोज्दा चिप्लिएर डोरी गाँठो परि मृत्यु भएको हुनसक्ने प्रहरी निरिक्षक कार्कीले बताउनु भयो ।  थाममा होचो ठाउँमा नाम्लोको डोरी झुन्डिएको थियो ।

प्रतिक्रिया