खार्ते खोलाको बाढीले बगाएको मोटरेबल पूल पुननिर्माणको अन्तिम चरणमा


राजकुमार कार्की

 बैशाख १७ । रुम्जाटार कुइभीर सडक अन्तरगत खार्ते खोलाको मोटरेबल पूल निर्माणको अन्तिम चरणमा पुगेको छ । गत वर्षको जेठमा आएको भेलबाढीले बगाएको मोटरेबल पूल, पुनः निर्माण सम्पन्न हुन लागेको हो । २०८१ सालको भदौ महिनामा सम्पन्न गर्ने गरी २०८० साल कार्तिकमा पुस्पान्जली कन्ट्रक्सन कम्पनीले  ठेका सम्झौता गरेको थियो । स्थानीय सडक पुल कार्यक्रम           (एलआरबीपी) मानभवन ललितपुरको सहयोगमा ६० मिटर लम्बाई र ५ मिटर चौडाई भएको मोटरेबल पूल निर्माणको लागि सम्झौता भएको थियो । २०८१ भदौको अन्तिममा काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको कार्यालयका इन्जिनियर सबिन लामाले जानकारी दिनुभयो ।

मोटरेबल पूलमा आवश्यक पर्ने समम्पुर्ण सामग्रीहरु फिल्डमा ल्याएर निर्माणको काम धमाधम भईरहेको बेलामा बाढीले बगाएको थियो । २०८१ साल जेठ १२ गते खार्तेखोलामा आएको बाढीले सम्पुर्ण निर्माण सामग्रीहरु बगाएको निर्माण कम्पनीले जनाएको छ । १ लाख केजी फलामे ट्रस्ट, ग्याबिन जाली लगायत निर्माणमा प्रयोग गरिने सामग्रीहरु बगाउदा ७२ लाख बराबरको घाटा भएको निर्माण कम्पनीको दाबी रहेको छ ।  फलामे ट्रस्टको करिब ६० प्रतिशत इन्स्योरेन्स भुक्तानी नभएका कारण ठुलो घाटा ब्यहोर्नु परेको निर्माण ब्यावसायी बबि श्रेष्ठले जानकारी दिनुभयो ।

बाढीले बगाएर पूर्णक्षति भएको मोटरेबल पूलको काम धमाधम भईरहेको छ । असार मसान्त आगावै सम्पन्न गर्ने गरी काम भईरहेको निर्माण काम्पनीले जनाएको छ । पूल निर्माणको काम करिब ८० प्रतिशत भन्दा पनि बढी सम्पन्न भईसकेको स्थानीय सडक पूल कार्यक्रमका इन्जिनियर सबिन लामाले जानकारी दिनुभयो । मुख्य अफ्ठ्यारो ट्रस्ट जोड्ने काम सम्पन्न हुन लागेको र अब  कठिन काम कम भएकाले  समयमै काम सम्पन्न हुने इन्जिनियर लामाले बताउनु भयो ।

पूलको निर्माण सामग्री बाढीले बगाएको समयमा र अरुबेलामा पनि सामान्य सहयोगका लागि हारगुहार गर्दा  चिशंखुगढी गाउँपालिकाले कुनै सहयोग नगरेको निर्माण व्यावसायीको गुनासो रहेको छ । स्थानीय तहले सडक मर्मत नगरेका कारण पूल निर्माण सामग्री ल्याउन करिब १ लाख ५० हजार रकम  खर्च गरेर सडक मर्मत गर्नु परेको निर्माण व्यावसायी श्रेष्ठले बताउनु भयो । निर्माणाधिन मोटेरेबल पूल  खार्तेखोला चिसंखुगढी गाउँपालिका वडा नं ३ र ८ मा पर्दछ । 

प्रतिक्रिया