अन्तर्राष्ट्रिय सन्त महामंडलेश्वर स्वामी श्री श्री १००८ बाबा ओखलढुंगाको जलजलेश्वर आउने


राजकुमार कार्की

  फागुन २७ । अन्तर्राष्ट्रिय सन्त महामंडलेश्वर स्वामी श्री श्री १००८ बाबा कालीदास कृष्णानन्द (परमहंस) स्वामीजी महाराज ओखलढुंगा आउने मिति तय भएको छ । जलजलेश्वर महादेव प्रतिष्ठान मोलुङ , को विशेष निमन्त्रणामा त्रिवेणीधाम तथा जलजलेश्वर महादेव दर्शन गर्न आउन लाग्नु भएको हो । ओखलढुंगा जिल्ला हर्कपुरको जलजलेमा रहेको त्रिवेणीधाम र जलजलेश्वर महादेव मन्दिरमा दर्शन र अभिनन्दन  ग्रहणका लागि निमन्त्रणा गरिएको थियो । चैत २ गते शनिबार जलजलेश्वर मन्दिरमा पूजार्चन र अभिनन्दन गर्ने कार्यक्रम रहेको मोलुङ्ग गाउँपालिका प्रमुख उत्तम राईले जानकारी दिनुभयो ।

चैत १ गते नेपालका विभिन्न ठाउँको भ्रमणका लागि दिल्लीबाट नेपाल आउने र चैत २ गते शनिवार मोलुङ गाउँपालिका, हर्कपुरस्थित जलजलेमा रहेका जलजलेश्वर महादेवको मन्दिरमा दर्शन तथा  अभिनन्दन ग्रहण गर्ने कार्यक्रम रहेको  छ । जिल्ला समन्वय समिति ओखलढुंगा र मोलुङ्ग गाउँपालिकाले नागरिक अभिनन्दनर जलजलेश्वर महादेव प्रतिष्ठानले धार्मिक अभिनन्दन गर्ने कार्यक्रम रहेको  प्रतिष्ठानका उपाध्यक्ष पाण्डव खतिवडाले जानकारी दिनुभयो ।

कालीबाबाको नेपालस्थित रहेको सचिवालयका अनुसार, शनिबार विहान  ११ः३० बजे काठमाण्डौबाट ओखलढुंगा प्रस्थान गरिने । दिउँसो १२ बजे ओखलढुंगाको जलजलेश्वर महादेव मन्दिर परिसर स्थित हेलीप्याडमा अवतरण गर्ने । १२ बजेदखि १२ः५ सम्म स्वागत कार्यक्रम तथा महादेव मन्दिर प्रबेश गर्ने । १२ः५ देखि १२ः १५ बजे सम्म १० मिनेट पूजा तथा दर्शन । १२ः१५ देखि १२ः२० सम्म ५ मिनेट अभिनन्दन कार्यक्रम । १२ः२० देखि १२ः३० सम्म १० आशिर्वचन प्रदान गरिने । १२ः३० देखि १२ः३५ बजे बिदाई तथा जन्मथलो सानीटार प्रस्थान गरिने कार्यक्रम तालीका रहेको छ ।

विश्व समाजमा प्रसिद्धि  आर्जन गर्नुभएका अन्तर्राष्ट्रिय सन्त महामंडलेश्वर स्वामी श्री श्री १००८ बाबा कालीदास कृष्णानन्द (परमहंस) स्वामीजी महाराज साविक वर्णालु गाविस हाल सिद्धिचरण नगरपालिका, सानीटारमा जन्मनु भएको हो ।  जन्मस्थान वर्णालुमा पनि १५ मिनेटको भेटघाट कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ । त्यसपछि खोटाङ्गको हलेसी महादेव मन्दिर दर्शन  तथा विशेष पूजा र  गुम्बा दर्शन गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् ।  

जलजलेश्वर महादेव मन्दिर :


प्रतिक्रिया