माघ १७, कैलाली । आफ्नै आमाको हत्या गरेको आरोपमा एक
जना पक्राउ परेका छन् । ७१ वर्षीया लगानी
थरुनीको हत्या गरेको अभियोगमा लम्कीचुहा नगरपालिका ६ बगमारा बस्ने ४० वर्षीय
श्रीराम थारुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । श्रीरामले बन्चरो
प्रहार गर्दा गम्भीर घाइते भएकी लगानीको नवजीवन अस्पताल धनगढीमा उपचारको क्रममा
मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय
लम्की कैलालीबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित देउराली सामुदायिक वनबाट
फेला पारी पक्राउ गरेको थियो । घट्नाको बारेमा थप अनुसन्धान भईरहेको कैलाली
प्रहरीले जनाएको छ ।
१७ माघ २०७९, मङ्गलबार ०६:०६ मा प्रकाशित
272