भदौ ९ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा
खसेको जिपलाई गोताखोरको टोलीले फेला पारेको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब
२ बजेतिर गाडि फेला पारिएको हो ।
जिपमा सवार तीन जना भने अझै पनि बेपत्ता रहेको
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेले बताउनु भयो । खोटाङको हलेसीबाट काठमाडौंतर्फ जाँदै गरेको
प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको इसुजु गाडि
शनिबार साँझ करिब साढे ५ बजेतिर सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा
खसेको थियो ।
गाडीमा सवार भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२
वर्षीय अबिन बाके, ३०
वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा अझै बेपत्ता छन् ।बेपत्ताहरुको खोजी कार्य जारी
रहेको पहरीले जानकारी दिएको छ ।
गाडिबाट हामफालेर बाँचेका
सुशान्त कक्षपति भने मध्यम खालको घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि खुर्कोट
पठाइएको छ ।
जिप खसेको जानकारी पाएलगत्तै
सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस क्याम्प खुर्कोटबाट गोताखोरसहितको टोली
खोजी कार्यमा खटिएको थियो ।