जबरजस्ती करणी आरोपका ६१ वर्षीय बृद्ध पुरुष कारागार चलान


राजकुमार कार्की

 चैत ५ । जबरजस्ती करणी गरेको ओरोपमा पक्राउ परेका दिप बहादुर बिश्वकर्मालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत ओखलढुंगाको चैत ५ गतेको आदेशले बिश्वकर्मालाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

सिद्धिचरण नगरपालिका–४, निवासी अन्दाजी ६१ वर्षीय दिप बहादुर बिश्वर्मालाई जबरजस्ती करणीको आरोपमा पहरीले पक्राउ गरेको थियो । पक्राउ पश्चात आवश्यक अनुसन्धान गरी प्रहरीले अदालतमा बुझाएको थियो । बिश्वकर्मालाई  फागुन १४ गते एक महिलालाई जबरजस्ती करणी गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको थियो । बिश्वकर्मालाई जबरजस्ती करणी कसुरमा मुद्दा चलाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुगाले जानकारी दिएको छ ।

प्रतिक्रिया