काठमाण्डौ मेडीकल कलेजले गरिब असहायलाई निशुल्क शल्यक्रिया गरिदिने


राजकुमार कार्की

 साउन २५ । ओखलढुंगा जिल्लाका गरिब असहाय तथा  विपन्न नागरिकको निशुल्क शल्यक्रिया हुने भएको छ । काठमाण्डौ मेडिकल कलेजले ओखलढुंगा जिल्लाका शल्यक्रिया गर्नुपर्ने गरिब, असहाय तथा विपन्न नागरिकको निशुल्क शल्यक्रिया गरिदिने भएको हो ।

नेपाली कांग्रेसका जिल्ला सभापति एवं सिद्धिचरण नगरपालिका नगरप्रमुख तेजन खनाल र काठमाण्डौ मेडिकल कलेज पब्लिक लिमिटेड बिच निशुल्क शल्यक्रिया गर्ने सम्झौता भएको छ । ओखलढुंगा जिल्लाका नागरिकहरुको रोगको स्पष्ट पहिचान भई शल्यक्रिया गर्नु पर्ने तर आर्थीक अभावका कारण शल्यक्रिया गर्न नसकिरहेका ओखलढुंगलीहरुको निशुल्क शल्यक्रिया गरिदिने सम्झौता भएको छ ।

काठामाण्डौ मेडीकल कलेज काठमाण्डौका कार्यकारी अध्यक्ष सोइना शर्माले हस्ताक्षर गरेको पत्र साउन २५ गते नेपाली कांग्रेस ओखलढुंगाका सभापति एवं सिद्धिचरण नगरप्रमुख तेजन खनाल (तेजेन्द्र) लाई   लिखित पत्र बुझाएका छन् ।

पत्रमा भनिएको छ;  ‘तपाँईको अनुरोधमा यस काठमाण्डौ मेडीकल कलेज पब्लिक लिमिटेडले त्यस नगरपालिका लगायत ओखलढुंगा जिल्ला भित्रका विपन्न, गरिब असहाय नागरिकहरुको रोगको स्पष्ट पहिचान भई शल्यक्रिया गर्नुपर्ने र अस्पतालमा भर्ना भई उपचार गराउनु पर्ने विरामीहरुलाई तपाईबाट सिफारिस भई आएअनुसार मिति २०८१ असोज १ गतेका दिन अस्पताल सेवा सहित निशुल्क शल्यक्रिया सेवा प्रवाह गरी उपचार दिने ब्यहोरा जानकारी गराउँदछु ।

साथै बिरामीले औषधी तथा खानेबस्नेको ब्यवस्था भने आफैले गर्नुपर्नेछ । केहि समय अगाडी डा. सुनिल शर्मा ओखलढुंगा आएको बेलामा मेयर खनालले निशुल्क उपचार तथा शल्यक्रिया गरिदिन आग्रह गर्नुभएको थियो । सोही आग्रहलाई मध्यनजर गर्दै निशुल्क शल्यक्रिया गर्ने सहमति भएको सभापति खनालले बताउनु भयो । शल्यक्रिया गर्न तेजेन्द्र खनालको सिफारिसमा गएका ओखलढुंगाका विरामीहरुलाई निशुल्क शल्यक्रिया गरिने बताएका छन् । साउन २५ गते शुक्रबार अस्पतालको तर्फबाट डा. सुनिल शर्माले सभापति तेजन खनाल जिल्ला सचिव अजय लुइटेल सहसचिव भोजकुमार श्रेष्ठलाई   पत्र बुझाएका छन् ।   

प्रतिक्रिया