झगनखबर
बैशाख ४ । ओखलढुंगाको चम्पादेवी
गाउँपालिका वडा नं ७ जौखोरीया स्थित दुम्से खोलामा ट्रयाक्टर दुर्घटना हुँदा
सहचालकको घट्नास्थलमै मृत्यु भएको छ । ओखलढुंगा बाट बिलन्दु तर्फ जाँदै गरेको
लु ३ त ९९७४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सहचालक फुर्तेम्बा शेर्पाको
घट्नास्थलमै मृत्यु भएको हो । ट्रयाक्टर चालक
मोलुङ गाउँपालिका वडा नं २ का अन्दाजी २५ वर्षिय अभय सुनुवार गम्भिर घाइते
भएका छन् । घाइते सुनुवारलाई उपचारको लागि सामुदायिक अस्पताल मिसन सोब्रुमा लगिएको
प्रहरीले जानकारी दिएको छ । सुनुवारको टाउको र ढाडमा गम्भिर चोट लागेको बताएका छन्
।
सिद्धिचरण नगरपालिका वडा नं ७ बिगुटारका
शेर्पाको भने घट्नास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मंगलबार साँझ
करिब ५ बजेको समयमा ट्रयाक्टर आफै अनियन्त्रीत भई सडकबाट करिब ५० मिटर तल झरी
दुर्घटना भएको थियो । मृतकको लास घट्नास्थलमै प्रहरीको सुरक्षामा रहेको र थप
कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी निरीक्षकको टोली
घट्नास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकरी एवं प्रहरी निरिक्षक
बलिष्टार सिँहले जानकारी दिनुभयो ।