फागुन २९ ।
अन्तर्राष्ट्रिय सन्त महामंडलेश्वर स्वामी श्री श्री १००८ बाबा कालीदास कृष्णानन्द
(परमहंस) स्वामीजी महाराज ओखलढुंगा आउने
कार्यक्रम पक्का भएको छ । मोलुङ गाउँपालका–४, हर्कपुरमा
जलजलेश्वर महादेवको दर्शन तथा पूजार्चना गर्न चैत २ गते शनिबार जलजलेश्वर
आउने कार्यक्रम पक्का भएकोे हो ।
कालीबाबाको
नेपालस्थित रहेको सचिवालयका अनुसार, शनिबार विहान ११ः३० बजे काठमाण्डौबाट ओखलढुंगा प्रस्थान
गरिने । दिउँसो १२ बजे ओखलढुंगाको जलजलेश्वर महादेव मन्दिर परिसर स्थित
हेलीप्याडमा अवतरण गर्ने । १२ बजेदखि १२ः५ सम्म स्वागत कार्यक्रम तथा महादेव
मन्दिर प्रबेश गर्ने । १२ः५ देखि १२ः १५ बजे सम्म १० मिनेट पूजा तथा दर्शन । १२ः१५
देखि १२ः२० सम्म ५ मिनेट अभिनन्दन कार्यक्रम । १२ः२० देखि १२ः३० सम्म आशिर्वचन
प्रदान गरिने । १२ः३० देखि १२ः३५ बजे बिदाई तथा जन्मथलो सानीटार प्रस्थान गरिने कार्यक्रम
तालीका रहेको छ ।
जिल्ला समन्वय समिति
ओखलढुंगा,
मोलुङ गाउँपालिकाले
नागरिक अभिनन्दन गर्ने जलजलेश्वर महादेव प्रतिष्ठानले धार्मिक अभिनन्दन गर्ने
कार्यक्रम रहेको प्रतिष्ठानले जानकारी दिएको छ ।
विश्व समाजमा
प्रसिद्धि आर्जन गर्नुभएका
अन्तर्राष्ट्रिय सन्त महामंडलेश्वर स्वामी श्री श्री १००८ बाबा कालीदास कृष्णानन्द
(परमहंस) स्वामीजी महाराज साविक वर्णालु गाविस हाल सिद्धिचरण नगरपालिका–५, सानीटारमा जन्मनु
भएको हो । २ गते शनिबार आफ्नो जन्मथलो
सानीटारमा भेटघाट कार्यक्रम पश्चात हलेसी महादेव दर्शनका लागि खोटाङ जाने
कार्यक्रम रहेको बताएका छन् ।