पहिरोका कारण आठ घर जोखिममा, छिमेकी र आफन्तको घरमा बस्दै


 साउन ३० । साउन २९ गते राती परेको अविरल वर्षाका कारण आठ घर जोखिममा परेका छन् । ओखलढुंगा जिल्ला मोलुङ्ग गाउँपालिकाका वडाहरुमा वर्षाका कारण आठ घर जोखिममा परेका हुन् । मोलुङ्ग१ साउनेमा महेन्द्र बि.क.को  ढुंगामाटोले बनेको २ तले घर जोखिममा परेको छ । घर नजिकैको जमिन भासिन गई घर लड्न लागेको छ । घरमा बस्न नहुने भएकाले छोराको घरमा बसिरहेको बताएका छन् । उहाँको परिवारमा २ जना भएको पनि बताएका छन् ।

मोलुङ्ग गाउँपालिका, लिपेखोला र पाखागाउँमा ६ घरपरिवार र गहतेमा १ घर परिवार जोखिममा परेका छन् ।  तारा बाँनियाको ढुंगामाटोले बनेको टिनको छानो भएको २ तले घरमा माथीबाट झरेको पहिरो घरभित्र पसेको छ । ढुंगामाटोको लेदो घरभित्र पसेपछि घर जोखिमा परेको छ । उहाँको ५ जनाको परिवार रहेको छ । सोई स्थानमा भगवती कार्कीको ढुंगामाटोले बनेको टिनको छानो भएको २ तले घरमा पनि ढुंगामाटोको लेदो पसेको छ । उहाँको ५ जनाको परिवार घरमा बस्न सक्ने अवस्थामा नरहेको जानकारी दिएका छन् । सोई ठाउँ निवासी गिता कार्कीको ढुंगामाटोले बनेको ढुंगाको छानो भएको घर जोखिममा परेको छ । घरमाथीबाट झरेको पहिरोका कारण घरभित्र ढुंगामाटोको लेदो पसी घरमा बस्न सक्ने अवस्था नरहेको बताएका छन् । उहाँका ५ परिवार रहेका छन् ।

सोई वडाको पाखा गाउँ बस्ने कान्ता कार्कीको ढुंगामाटोले बनेको टिनको छानो भएको २ तले घरभन्दा मुनीबाट पहिरो गई घर जोखिममा परेको छ । उहाँको परिवारमा ३ जना रहेका छन् । पाखा गाउँकै गणेश कार्कीको ढुंगामाटोले बनेको टिनको छानो भएको १ तले घरको मुनीबाट पहिरो गएको छ । १ जना मात्रै बसोबास गर्ने उक्त घर पनि जोखिममा परेको छ । पाखा गाउँकै नानीमैया कार्कीको ढुंगामाटोले बनेको टिनको छानो भएको २ तले घरको मुनीबाट पहिरो गई जोखिममा रहेको छ । उहाँको घरमा ३ जना बस्दै आउनु भएको थियो । र सोई वडाको गहतेमा प्रेम कुमारी श्रेष्ठको ढुंगामाटोले बनेको टिनको छानो भएको २ तले घरभन्दा माथीबाट आएको पहिरोले घरमा क्षति पु¥याएको छ । घरमा बस्न सक्ने अवस्था नभएकाले उहाँको ४ जनाको परिवार छिमेकी गंगा कुमारीको घरमा बस्नु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाकले जानकारी दिएको छ ।

प्रतिक्रिया