साउन २५ । नाग पञ्चमीको वास्तविक ऐतिहासिक जरो महाभारतसँग जोडिएको पाइन्छ
। परीक्षित नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डस्छ र उनको मृत्यु हुन्छ ।
उनका छोरा जन्म जयले बुवाको मृत्युको प्रतिशोधका लागि संसारका सम्पूर्ण सर्पहरूलाई
मार्ने योजना बनाउछन् । योजनानुसार सर्प मार्न ठुलो महायज्ञको प्रारम्भ गर्दछन् । महायज्ञमा सिद्ध ऋृषिमुनी, साधु र
पण्डितहरूलाई निमन्त्रणा गरी बोलाए ।
सुरु गरिएको उक्त यज्ञको हवन कुण्डमा यति शक्तिशाली आगो प्रज्वलित भयो । जसमा तक्शका बाहेकका अन्य सम्पूर्ण सर्पहरू त्यहीँ भस्म भए । तक्श नाग बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण स्वर्गमा राजा इन्द्रको शरणमा पुग्छन् । राजा इन्द्रसहित जन्म जयसम्म आइपुग्दछन्, यो देखेर सबै छक्क परे । तत्कालै मानसदेवीका पुत्र अस्थिकाले जन्मजय समक्ष माफीको माग गरेपछि उनले यज्ञ स्थगन गरे । यज्ञमा होमिएका सम्पूर्ण सर्पहरूले त्यस पश्चात् आजैको दिन पुनर्जीवन पाएका हुन् ।
यस दिन नाग देवताको पूजा अर्चना कालागि दूध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा (अर्थात्
भुटेर फूल उठेको धान) चढाइन्छ । सामान्यतया अगाडी सर्प नै राखेर पूजा गर्न
डरलाग्दो र जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।
यसरी दैलो या मूल खाँबोमा टाँसिएको नागको
चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ । रक्षार्थ टाँसिने यस्ता चित्रहरू
ल्याउने र टाँस्ने पुरोहितहरूले टाँसिदिने र पुरोहितलाई गक्षअनुसारको दक्षिणा, नैवेद्य र भोजन पनि गराउने चलन छ ।
श्री नाग स्तोत्र
अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च ।
सुमन्तुजैमिनिश्चैव पञ्चैते वज्रवारकास्
॥१॥
मुनेस् कल्याणमित्रस्य जैमिनेश्चापि
कीर्तनात् ।
विद्युदग्निभयं नास्ति लिखितं गृहमण्डल ॥२॥
अनन्तो वासुकिस् पद्मो महापद्ममश्च तक्षकस्
।
कुलीरस् कर्कटस् शङ्खश्चाष्टौ नागास्
प्रकीर्तितास् ॥३॥
यत्राहिशायी भगवान् यत्रास्ते हरिरीश्वरस्
।
भङ्गो भवति वज्रस्य तत्र शूलस्य का कथा ॥४॥
॥ इति श्रीनागस्तोत्रम् सम्पूर्णम् ॥
१२ वटा नागहरूको नाम
जसमा अनन्त, वासुकी, शेष, पद्यमा, कम्बल, कार कोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला
पर्दछन् र यी सम्पूर्णको लागी आजकै दिन पूजा अर्चना गरिन्छ । हाम्रो संस्कारलाई
नाग पञ्चमीजस्ता चाडपर्वहरूले अझै धनी बनाएका छन्, आजको दिन
सरीसृप अर्थात् घस्रेर जमिनमा हिँड्ने जनावरहरूको पूजा अर्चना गरिने दिन हो ।