पार्टीलाई बहुमतमा पुर्याउन सबै कम्मर कसेर लाग्नुपर्दछ : सभापति देउवा


झगनखबर

चैत २४ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीलाई बहुमत ल्याउन सबै कम्मर कसेर लाग्नु पर्ने बताउनु भएको छ । काठमाण्डौ क्षेत्र नं २ ले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै देउवाले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो; "एक्लै चुनाव जित्ने पार्टी बनाउनु पर्नेछ, यसका लागि सबैजना  कम्मर कसेर लाग्नुपर्दछ ।' सम्मेलनको उद्घाटन गर्न आइपुग्नु भएका देउवाले छोटो शुभकामना मन्तब्य राख्नु भएको थियो । आफ्नो मन्तब्यमा पार्टीलाई कसरी सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा समय खर्चीनु भएको थियो । पार्टीका सबै नेता तथा कार्यकर्ता मिलेर एकअर्काप्रति गालीगलौजमा नउत्रीकन एक ढिक्का हुन सकेमात्र पार्टीले बहुमत ल्याउन सक्ने धारणा ब्यक्त गर्नु भयो । त्यसै गरी पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता प्रकासशरण महतले 'नेपाली कांग्रेस भनेको दुबो जस्तो हो थोरै पानी पाउने बितिक्कै हलक्क भएर आउछ, कहिल्यै मर्दैन । आफ्ना साथीभाई बिचमा कुरा काट्ने बानी छौडौ'  भन्नु भयो । कम्युनिष्टहरु थोरै समाजसेवा गरेको जस्तो गरेर भिडियो बनाई प्रचार गर्न सिपालु छन् । जनतालाई भ्रमीत बनाई एउटै कुरालाई प्रचार गरेको गरेई गरेर साँच्चै होकी जस्तो बनाउने कला भएका हुन्छन् । तर कांग्रेसले आफुले गरेको कामको पनि प्रचार प्रसार गर्दैन, जनमतको सम्मान गर्दै विकास निर्माणका कामहरुमा निरन्तर लागीपरिरहेको बताउनु भयो । विग्रीएको अर्थतन्त्रलाई सुधार गर्दै ट्रयाकमा ल्याईसकेका थियौ तर सरसकारबाट बाहिरनु पर्ने अवस्था आएपछि अब त्यसको सदुपयोग हुनेमा आफु ढुक्क नभएको पनि बताउनु भयो ।

प्रतिक्रिया