माघ ४, काठमाण्डौ । नेपाली कांग्रेसले सभामुख निर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरीदेवी न्यौपानेका पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ। मुख्यसचेतक रमेश लेखकले बुधबार नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी न्यौपानेको पक्षमा मतदान गर्न र एमाले तर्फका उम्मेदवार देवराज घिमिरेलाई मत नदिन ह्वीप जारी गरेका हुन्। माघ ५ गते बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख चयनबारे मतदान हुँदैछ। सभामुखमा कांग्रेसले एकीकृत समाजवादीलगायत दलको समर्थनमा न्यौपानेलाई उम्मेदवार बनाएको छ। प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्। मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरूङ भने प्रतिनिधि सभामा उपस्थित हुन पाउँदैनन्। उनीविरूद्ध भ्रष्टाचार मुद्दा विचाराधीन छ। एकीकृत समाजबादीका १० जना साँसद छन् ।
‘
४ माघ २०७९, बुधबार ०८:४३ मा प्रकाशित
229