राजावादी र हिन्दुराष्ट्रको वकालत गर्ने पार्टीसमेतले जनयुद्ध दिवसमा बिदा दिने निर्णय गर्नु निर्लज्जताको पराकाष्टा होः कमल थापा


काठमाण्डौ फागुन  १ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णयप्रति आपत्ति जनाएका छन् । राजावादी र हिन्दुराष्ट्रको वकालत गर्ने पार्टीसमेतको सहभागितामा यस्तो निर्णय हुनु निर्लज्जताको पाराकाष्टा हो। राजा र हिन्दुराष्ट्र पक्षधर पार्टी कुन मुखले सरकारमा बसिरहेका छन् प्रश्न गरेका छन्  । २०४७ सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक विद्रोह सुरुगरेको दिनको सम्झनामा फागुन १ गते सार्वजनिक बिदादिने सरकारको निर्णय आपत्तिजनक भएको  उनको टिप्पणी छ । उनले भनेÙ æहजारौं निर्दोषको ज्यानलिने माओवादी आतंक र हिंसा राष्ट्रिय पर्व हुन सक्दैनÆ। माघ २९ गते आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया