माघ २६ ।
नेपाल निजामति कर्मचारी युनियनको नवौँ अधिवेशनबाट विवेक कुमार तामङ सर्वसहमत
निर्वाचित हुनुभएको छ । जिल्ला समन्वय समितिको हलमा माघ २६ गते शनिवार भएको नवौँ
जिल्ला अधिवेशनबाट तामङ सहित जिल्ला कार्यसमिति सर्वसहमत निर्वाचित भएका हुन् ।
अध्यक्ष विवेक कुमार तामङ, उपाध्यक्ष खुल्ला नविन गिरी, उपाध्यक्ष महिला सरस्वती अधिकारी, समाबेशी उपाध्यक्ष
विरेन्द्र तामङ, सचिव कमल खडका, सहसचिव युवा श्याम कटवाल, कोषाध्यक्ष चेत बहादुर बस्नेत सदस्य खुल्ला ः
आस्तिक अधिकरी, राजकुमार घिमिरे, शंकर खड्का महिला शर्मिला अधिकारी कटवाल, कल्पना बुढाथोकी
समाबेशी सम्झना श्रेष्ठ, राहुल कुमार कलवार श्रेणीविहिन भुपेन्द्र प्रसाद ढुंगाना, ममकर्ण बस्नेत
सर्वसहमत निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । केन्द्रीय प्रतिनिधी
खुल्ला फणिन्द्र बहादुर कटवाल, मदन कार्की, विश्वराज दाहाल महिला शारदा राई सर्वसहमत
चयन भएका छन् भने प्रदेश प्रतिनिधी खुल्ला प्रेम प्रसाद सुवेदी, जितेन्द्र कार्की, नवराज बानिया, पुन्जल लुइटेल महिला
हिमला अधिकारी रहेका छन् । निर्वाचन सौहार्द वातावरणमा सम्पन्न भएको निर्वाचन
अधिकृत खिला श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष तामङ पुनः दोश्रो कार्यकालका लागि दोहोरीनु भएको हो ।