बैशाख २५ । नाबालिका
र किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई पक्राउ गरिएको छ । १३ वर्षीय
नबालीका र १६ वर्षीय किशोरीलाई बलात्कार अभियोगमा उदयपुरमा पक्राउ गरिएको हो । शनिबार राती
जबरजस्ती बलत्कार गरेको आरोपमा आइतबार विहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा
भोजपुर आमचोक गाउँपालिका १० घर भई उदयपुर चौदण्डीगडी नगरपालिका ४ बर्खेडाँडा डेरा
गरी बस्ने १८ वर्षीय किशोर र उदयपुर चौदण्डीगढी नगरपालिका ३ बसाह बस्ने १८ वर्षीय
किशोर रहेका छन् । उनीहरूले ती बालिका र किशोरीलाई शनिबार राति जबरजस्ती करणी
गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टार उदयपुरबाट खटिएको प्रहरीले
उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी प्रधान
कार्यालय काठमाण्डौले जनाएको छ ।
२५ बैशाख २०८०, सोमबार ०६:१३ मा प्रकाशित
331