दैनिक
राशिफल
आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । नयाँ कार्य वा रोजगारको अवसर
मिल्नेछ । परिवार सँग रमाइलो भेटघाट पनि हुनेछ ।
आज विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ ।
सौन्दर्यतामा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।
आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । व्यापार
व्यवसायबाट लाभ मिल्नेछ । स्वादिष्ट भोजनको अवसर पनि मिल्ला ।
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । विद्या र बुद्धिको विकास
हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ ।
आज नयाँ कामको थालनी हुनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि
बढ्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ ।
आज सामान हराउने वा चोरी हुने भय छ । विश्वासपात्रलाई वचन दिदा
संयम अपनाउनुहोला । स्वास्थ्य प्रति सजगता अपनाउनु होला ।
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आर्थिक
क्षेत्रमा राम्रो सफलता मिल्ला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।
आज मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । व्यापार
व्यवसायबाट आम्दानी हुनेछ । घरमा अतिथिको आगमन हुनेछ ।
गरेको कामबाट दोहोरो लाभ मिल्नेछ । कार्य
सम्पादनमा सहजता मिल्नेछ । मनोरञ्जनमा सहभागिता भइएला, तर
साँझमा खर्च बढ्न सक्छ ।
समय त्यति राम्रो रहने छैन । पढाईको क्षेत्र
कमजोर रहन सक्छ । गरिरहेको काममा विभिन्न समस्या आउँनाले काम सम्पन्न हुनमा
ढिलासुस्ती हुन सक्छ ।
आज शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित
मूल्याङ्कन हुनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । प्रणयसम्बन्ध बढेर जाने समय
पनि छ ।
आज मन पर्ने वस्त्र, अलंकार
आदि उपहार पाइने योग छ । व्यापार व्यवसायबाट लाभनै मिल्नेछ । स्वादिष्ट भोजनको
आनन्द समेत पाइएला ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
ज्यो=प= नारायणप्रसाद
दुलाल