नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको राजनितिक इतिहाँस

काठमाडौं २९, फागुन  । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको जन्म बुबा दुर्गाप्रसाद पौडेल र आमा ऋषिमाया पौडेलको कोख बाट विसं २००१ असोज २९ गते तनहुँको साबिक मिर्लुङ बाहुनपोखरामा भएको हो । उहाँकी श्रीमती सविता पौडेल तथा चार छोरी र एक छोरा  हुनुहुन्छ ।

मध्यमवर्गीय किसान परिवारमा जन्मनुभएका पौडेलको स्थायी बसोबास तनहुँको व्यास८ बेलथुम्की हो । हाल काठमाडौँ महानगरपालिका१६ बोहोराटारमा बस्दै आउनुभएको छ ।

 पौडेलले शास्त्री (संस्कृत साहित्य, २०२४) र स्नातकोत्तर तह (नेपाली साहित्य २०२७) उत्तीर्ण गर्नुभएको छ । पौडेललाई  बौद्धिक, सादगी, जुझारु एवम् सङ्घर्षशील र अध्ययनशील व्यक्तिका रूपमा चिनिन्छ ।

राजनिति प्रबेश

पौडेलले विसं २०१६ मा  पोखरामा हिमालयन छात्र सङ्घ स्थापना गर्दै राजनितिक जीवनको शुरुवात गर्नु भएको थियो ।   २०१७ जेठ, असार तिर  नेपाल संस्कृत छात्र सङ्घको काठमाडौँ अधिवेशनका लागि प्रतिनिधि छनौट  हुनुभएको थियो । विसं २०१७ पुस १ गते जननिर्वाचित संसद् भङ्ग गरी प्रधानमन्त्री विपी कोइराला लगायत नेताहरुलाई लाई जेलमा राखिएको थियो । पौडेल त्यसको विरोध गर्दै  प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुनुभएको थियो ।

विसं २०१९ सालमा नेपाल संस्कृत विद्यार्थी सङ्घको सचिवको सचिव हुनुहुन्थ्यो । ०१९०२० सालमा उपत्यकाव्यापी विद्यार्थी आन्दोलन र २०२०२०२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा  पौडेल गिरफ्तार हुनुभएको थियो ।

 २०३४ सालमा नेपाली कांग्रेस तनहुँको जिल्ला सदस्य, २०३६ सालमा जिल्ला उपसभापति पद सम्हाल्नु भएको थियो । २०३७ सालमा जनमत सङ्ग्रहको बेलामा बहुदलीय व्यवस्थाको प्रचारप्रसार  जिल्ला समितिको संयोजक बन्नुभएको थियो । २०४० सालमा नेपाली कांग्रेस केन्द्रि सदस्य तथा प्रचार विभाग प्रमुख बन्नुभएको थियो । २०४३ सालमा फेरी पनि नेपाली कांग्रेसको केन्द्रिय सदस्य बन्नुभएको थियो ।

 २०६२ देखि २०६४ सम्म नेपाली कांग्रेसको केन्द्रिय महामन्त्री र २०६४ देखि ०७२ सम्म केन्द्रिय उपसभापति र संसदीय दलको नेता समेत बन्नुभएको थियो । २०७२ सालमा कार्यबाह सभापति बन्नुभएको थियो ।

 भरतपुर कब्जा गर्ने कांग्रेसको सशस्त्र सङ्घर्ष (आन्दोलन) मा सहभागी भएको आरोपमा २०१८ सालमा तत्कालीन सरकारले गिरफ्तार गरी करिब एक महिना सम्म हिरासतमा राखेको थियो ।

 विद्यार्थी आन्दोलन र नेपाली कांग्रेस पार्टीको जिल्ला सदस्य देखि केन्द्रसम्म विभिन्न पदमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आन्दोलनमा होमिने क्रममा पौडेलले विभिन्न समयमा  १४ वर्षभन्दा बढी जेलजीवन बिताउनु भएको थियो ।

 २०४८ सालमा तनहुँ क्षेत्र नं १ बाट पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो ।   त्यसपछि तनहुँ क्षेत्र नं २ बाट २०५१, २०५६, २०६४ र २०७० सालमा लगातार प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ तनहुँ क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको हो ।

 २०४८ सालमा स्थानीय विकासमन्त्री, २०४९ सालमा कृषिमन्त्री र २०५१ सालमा प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुनुभएको थियो । उहाँले २०५६ साल र त्यसपछि उपप्रधानमन्त्री तथा सूचना तथा सञ्चारमन्त्री, स्थानीय विकासमन्त्री, उपप्रधानमन्त्री तथा गृहमन्त्रीका साथै शान्ति समितिको संयोजक समेत बन्नु भएको थियो ।

 मानवअधिकारसम्बन्धी विभिन्न पुरस्कार, महेन्द्रविक्रम शाह पुरस्कार (महेन्द्रविक्रम शाह नेपाल प्रजातन्त्र कांग्रेसका संस्थापक हुन्) जापान सरकारले प्रदान गरेको राजकीय सम्मान अर्डर अफ द राइजिङ सन्को सम्मान .सन् २०२०) लगायत सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।

यसैगरी, सशस्त्र द्वन्द्धरत  तत्कालीन नेकपा माओवादीलाई मूल प्रवाहको राजनीतिमा ल्याउने ऐतिहाँसिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो ।

विभिन्न सन्चारमाध्यामको सहयोगमा

प्रतिक्रिया