मेषः चु चे चो ला लि लु ले लो अ
मेष राशिहरूको लागि यो साल सामान्य रहेको छ। वर्षभरि बृहस्पति
वा केतुबाट राम्रो फल मिल्नेछ। लग्नबाट तेस्रो स्थानमा रहेको बृहस्पतिको प्रभावले
पराक्रममा कमी ल्याउनेछ। शनिको आध्य साढे सातीले मन चिन्ताग्रस्त रहनेछ साथै
प्रतिकूल प्रभाव पार्नेछ। शारीरिक पीडा वा व्यर्थको चिन्ता खप्नु पर्ला। पञ्चमेश
केतुले सन्तानको शिक्षामा बाधा उत्पन्न गराउन सक्छ। गृहणीहरूको धर्मकर्ममा आस्था
बढ्नेछ।
वैशाख : स्थान परिवर्तन वा व्यापार व्यवसायको कारण यात्रा
जेठ : शत्रुहरूबाट अज्ञात भय
असार : श्री प्राप्ति
साउन : मानसम्मानमा कमी
भदौ : आर्थिक समस्या वा शत्रुहरू सक्रिय हुने
असोज : शत्रुमाथि विजय प्राप्त
कार्तिक : शुभ यशको प्राप्ति
मङ्सिर : श्रम वा शारीरिक कष्ट
पुस : झुटो आरोप लाग्न सक्ने
माघ : कार्यसद्धि
फागुन : धनलाभ
चैत : खर्चमा वृद्धि, व्यापार व्यवसायमा लाभ
कार्यक्षेत्र
कार्यक्षेत्रमा कुनै नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ।
व्यापार व्यवसायको दृष्टिले यो साल सामान्य रहनेछ। वैदेशिक रोजगार पनि लाभदायी
रहनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा मिल्नेछ। शेयर मार्केटको
लगानीमा शुभचिन्तकहरूको सहयोग लिनुहोला। वैदेशिक यात्राका योजनाहरू सफल रहनेछन्।
प्रेम सम्बन्ध
युवा वर्गहरूले प्रेम प्रसंगलाई विवाहमा टुङ्ग्याउन सक्नुहुनेछ। सहकर्मी र भ्रात्री वर्गबाट सहयोग मिल्नेछ। साथीभाईहरूसंग औसत सम्बन्ध रहनेछ भने छरछिमेकीसंग व्यर्थको वाद विवाद उत्पन्न हुन सक्छ। सन्तान पक्षबाट चिन्ता को स्थिती रहन सक्छ।
स्वास्थ्य
स्वास्थ्यको दृष्टिकोणले यो साल मेष राशि हुनेहरूको लागि
सामान्य रहनेछ । शिर र पेटमा स्वास्थ्यमा समस्या र बौद्धिक विषयमा बाधा उत्पन्न
हुन्छ।
शिक्षा
विद्यार्थी वर्गहरूलाई पठनपाठनमा मेहनत गर्नुपर्ला। शिक्षाको
क्षेत्रमा लगनशीलताको कमी देखिन्छ। उचित परिणाम प्राप्त गर्नको लागि कडा परिश्रम
गर्नु पर्ला।
शुभ रंग
हजुरहरूका लागि रातो, पहेलो र गुलाबी रहेको छ।
शुभ अंक
हजुरहरुका लागि ४ ५ र ८ रहेको छ।
शुभ बार
आइतबार, मङ्गलबार र बृहस्पति
शुभ महिना
असार, असोज, माघ र फागुन
उपाय
भगवान गणेशको विशेष आराधना गर्नुपर्ने हुन्छ साथै मंगलवारको दिन
हनुमान चालिसाको पाठ पनि अत्यन्त लाभकारी सिद्द हुने छ । शनिको साँढेसाती भएको
कारणले गर्दा शनिगत शान्तिका उपायहरू गर्नुहोला कालो कपडा काल जुता, कालो छाता इत्यादि
दान गरेमा अत्यन्त लाभप्रद स्थिति निर्माण हुन सक्छ।
वृषः इ उ ए ओ वा वि वु वे वो
वृष राशिहरूको लागि यो साल लाभप्रद रहेको छ। यो वर्ष शनि, राहु र गुरु अनुकूल भएकाले आर्थिक पक्ष राम्रो
रहनेछ। राहु दशम स्थानमा भएको कारण धर्मकर्ममा मन नजाला। युवा वर्गलाई वैदेशिक यात्राको
नवीन अवसर मिल्नेछ। कानुनी मुद्दा मामलाहरूमा विजयी भइनेछ। तीर्थस्थलहरूको भ्रमण
हुनेछ। पारिवारिक समस्याहरूको समाधान हुनेछ भने जग्गा जमिनबाट राम्रो लाभार्जन
गर्न सकिनेछ।
वैशाख : धनवृद्धि
जेठ : शत्रुहरू सक्रिय रहने वा शारीरिक पीडा
असार : धनहानी
साउन : श्री प्राप्ति
भदौ : रोग वा भय
असोज : शत्रुनाश
कार्तिक : कार्यक्षेत्रमा संघर्ष
मङ्सिर : यात्रा
पुस : रोग
माघ : धर्म प्राप्ति
फागुन : कार्यसद्धि
चैत : अप्रत्यासित धनलाभ
कार्यक्षेत्र
नयाँ रोजगार मा सफलता मिल्नेछ। लाभस्थानको शनिले शनिगत
व्यापारमा विशेष लाभ दिनेछ। व्यापारबाट विशेष लाभ आर्जन गर्न सकिनेछ। अरुबाट झुठो
आरोप लाग्न सक्छ। धनस्थानको बृहस्पतिले धनार्जनका नयाँ स्रोत प्राप्त गराउनेछन्।
व्यापार व्यवसायमा आलस्य नगर्नुहोला। नोकरी वा पेशामा अपयश खेप्नु पर्ला। आर्थिक
दृष्टिकोणले यो साल हजुरको लागि शुभ रहनेछ।
सम्बन्ध
प्रेम सम्बन्ध प्रगाढ हुनेछ। आफन्तजनहरूसँग कुनै प्रकारको
मनमटाव हुने सम्भावना पनि रहेको छ त्यसर्थ सावधान रहनुहोस्। छरछिमेकीसँगको सम्बन्ध
औसत रहनेछ।
स्वास्थ्य
स्वास्थ्यको दृष्टिकोणले यो महिना सामान्य रहनेछ। आलस्य हावी
रहनेछ। घाँटीमा केही समस्या हुन सक्छ त्यसर्थ ध्यान दिनुहोस्। दीर्घ रोगी
हुनुहुन्छ भने स्वास्थ्यप्रति सचेत रहनुपर्ने हुन्छ।
शिक्षा
विद्यार्थी वर्गहरूलाई पठनपाठनमा मन लाग्नेछ। आइटी वा डाँक्टरी
पढाइमा राम्रो सफलता हासिल गर्न सक्नुहुनेछ।
शुभ रंग
सेतो, रातो र गुलाबी
शुभ अंक
२,७ र ९
शुभ बार
बुधबार, शुकबार र शनिबार
शुभ महिना
साउन, फागुन र चैत
उपाय
यो वर्षभरि श्रीदुर्गा देवीको आराधना गर्ने विशेष सफलताको योग
बनिरहेको छ । सोमवारको दिन भगवान शिवलाई जल अर्पण गर्नुहोला। अशक्तहरूलाई भोजन
प्रदान गर्नु होस्।
मिथुनः का कि कु घ ङ छ के को हा
मिथुन राशि हुनेहरूको लागि यो वर्ष राम्रो रहनेछ। अध्ययन
अध्यापनको कार्यमा विशेष सफलताका योग छन्। बृहस्पति, राहु, शनि र केतु प्रतिकूल भएकाले अव्यय कला तथा
पाप शक्तिमा प्रवृत्त भइनेछ। सरकारी नोकरी आदिमा सफलता मिल्नेछ। धर्मस्त राहुले
दुर्व्यसनमा फसाउन सक्ला सावधान रहनुहोला। कार्यक्षेत्रमा विरोधीहरू सक्रिय
रहनेछन्।
वैशाख : स्वास्थ्यमा समस्या
जेठ : अज्ञात भय
असार : आत्मविश्वासमा कमी
साउन : श्रीप्राप्ति
भदौ : रोग वा भय
असोज : शत्रुनास
कार्तिक : कार्यक्षेत्रमा संघर्ष
मङ्सिर : यात्रा
पुस : रोग
माघ : धर्म प्राप्ति
फागुन : कार्यसद्धि
चैत : अप्रत्यासित धनलाभ
कार्यक्षेत्र
व्यापार व्यवसायको दृष्टिले यो वर्ष राम्रो रहेको छ। पशुपालन वा
कृषि क्षेत्रबाट राम्रो लाभआर्जन गर्न सकिनेछ। आर्थिक पक्ष सामान्य रहनेछ साथै यो
वर्ष कमाएको जोगाउन नसक्नुहोला।
प्रेम सम्बन्ध
सम्बन्धको दृष्टिले यो वर्ष हजुरको लागि सामान्य रहेको छ।
आफन्तहरूसँग वैरभाव बढ्नेछ। व्यवहार कुशलतामा संयम राख्ने प्रयास गर्नुहोला।
दाम्पत्य जीवन मधुर रहनेछ। सन्तानसँग राम्रो तालमेल बन्नेछ।
स्वास्थ्य
मिथुन राशि हुनेहरू कुनै दीर्घ रोगबाट छुटकारा पाउन सक्नुहुन्छ।
स्वास्थ्य सबल रहेको छ। नसा च्यापिने समस्या वा कुनै रगत सम्बन्धी समस्या रहेको छ
भने सावधान रहनुपर्ने अवस्था रहेको देखिन्छ।
शिक्षा
यदि तपाईं कुनै सरकारी क्षेत्रमा परीक्षाको लागि प्रयासरत
हुनुहुन्छ भने सफलताका योग रहेका छन्। आइटी विद्यार्थीहरूको लागि र विशेष गरी
इन्जिनियरिङ क्षेत्रमा हुनुहुन्छ भने लाभप्रद स्थिति निर्माण हुनेछ। यस वर्षभरि नै
शिक्षाको क्षेत्रमा राम्रो स्थिति रहेको देखिन्छ।
शुभ रंग
हरियो, पहेलो र केशरी
शुभ अंक
५,६ र ९
शुभ बार
सोमबार, बुधबार, र विहीबार
शुभ महिना
वैशाख, असोज, मंशिर र चैत
उपाय
बृहस्पति, शनि, राहु र केतुगत शान्तिको साथमा देवि उपासना साथै महामृत्युञ्ज जप
आदि गराएर शुभफल प्राप्त गर्न सक्नुहुनेछ।
कर्कटः हि हु हे हो डा डि डु डे डो
कर्कट राशि हुनेहरूको लागि यो
वर्ष सामान्य फलदायी रहनेछ। गुरु र केतु शुभ रहनाले मानसम्मान बढ्नेछ। आकस्मिक धन
लाभ हुनुका साथै सुख शान्तिमा वृद्धि हुनेछ। उच्च शिक्षाको लागि वैदेशिक यात्रा
सफल रहनेछ। द्वादश स्थानको गुरुले धर्मकर्मप्रति नकारात्मक विचार उत्पन्न हुन
सक्ला। आर्थिक उन्नति हुनेछ। अरूप्रति वैमनश्यता नराख्नुहोला । मानसिक रूपमा सबल
हुने प्रयास गर्नुहोस् । छिट्टै अरूमाथि विश्वास गर्दा धोका पनि पाउन सक्नुहुनेछ
त्यसर्थ सावधान रहनुहोस्। मनबाट निर्णय लिनुभन्दा अघि विवेकपूर्ण ढंगले विचार गरेर
अनि मात्र सकारात्मक निर्णय लिनुहोस्। जलसम्बन्धित व्यापारमा राम्रो स्थिति रहेको
देखिन्छ। आत्मविश्वासमा वृद्धि र स्वास्थ्यमा राम्रो स्थिति रहेको देखिन्छ।
वैशाख :
सबै कार्यहरू सिद्ध हुने
जेठ : लाभका योगहरू
असार : खर्चमा वृद्धि
साउन : शारीरिक पीडा
भदौ : मनमा भय
असोज : धन प्राप्ति
कार्तिक : मानसम्मान
मङ्सिर : समस्याहरूको सामना गर्नुपर्ने
पुस : सफलताका योगहरु
माघ : सुखद यात्रा
फागुन : कडा परिश्रम
चैत : कान्ति हुने सम्भावना
कार्यक्षेत्र
व्यापार
व्यवसायबाट राम्रो लाभआर्जन गर्न सकिनेछ। गुरु अनुकूल हुनाले कपडा वा काँपी किताब
र धार्मिक पुस्तकहरूको साथै स्टेसनरी सम्बन्धी व्यापार लाभदायी रहनेछ। जलसम्बन्धित
व्यापारमा पनि राम्रो स्थिति रहेको देखिन्छ। नोकरी वा पेशामा पदोन्नतिका योगहरू
रहेकाछन्। कार्यक्षेत्रमा सबैको साथ र सहयोग मिल्नेछ।
प्रेमसम्बन्ध
पारिवारिक
सद्भाव बढ्नुको साथै नयाँ सम्बन्धहरू स्थापित हुनेछन्। दाम्पत्य जीवनमा जीवन
साथीसँग सुमधुर सम्बन्ध रहनेछ। घरपरिवारमा साना ठूला सबैसँग राम्रो सम्बन्ध
स्थापित हुनेछ। युवाहरूको नयाँ प्रेम प्रसंग प्रारम्भ हुनेछ।
स्वास्थ्य
स्वास्थ्यको
दृष्टिकोणले यो साल हजुरको लागि सामान्य रहनेछ। पेट वा चर्म रोगको समस्याले सताउन
सक्छ।
शिक्षा
शिक्षाको
क्षेत्रमा यो वर्ष लाभदायी रहनेछ तर मेहनत धेरै गर्नुपर्ला। गुरु अनुकूल भएपनि
द्वादश भावमा भएको कारणले स्मरण शक्ति कमजोर रहनेछ। वकालत वा शिक्षणको क्षेत्र
राम्रो रहनेछ। शिक्षालाई लिएर वैदेशिक यात्रा हुन सक्ला।
शुभ रंग
सेतो, निलो र हरियो
शुभ अंक
२,७ र ९
शुभ बार
सोमबार, मंगलबार र विहीबार
शुभ महिना
वैशाख, जेठ,असोज र माघ
उपाय
भगवान
विष्णुको पूजा ,ग्रह
शान्ति वा भैरवको उपासना गर्नुहोस् साथै माछा लाई खान दिनुहोस् भाग्यमा वृद्धि
हुनेछ।
सिँहः मा मि मु मे मो टा टि टु
सिंह राशिको
लागि यो वर्ष मध्यम फलदायी रहनेछ। शनिको अढैया वा राहुको प्रभावले समाजमा जुठा
आरोप लाग्न सक्ला। एकादशको गुरुले आयआर्जनमा विशेष लाभ दिनेछ। घरमा मांगलिक
कार्यको शुभारम्भ हुनेछ। नोकरी वा पेशामा राम्रो सफलता मिल्नेछ। अधिकारी
वर्गहरुबाट मानसम्मान पाइएला। ठेकापट्टाको कार्यबाट पनि लाभआर्जन गर्न सकिनेछ।
सवारी साधन चलाउनुहुन्छ भने स्यानातिना दुर्घटनाका योगहरू पनि बन्न सक्छन् त्यसर्थ
सावधान रहनुहोस्। मनमा एक प्रकारको अज्ञात भयले सताउन सक्छ । जीवनशैलीमा परिवर्तन
लिएर आउँदा तपाईको व्यक्तिगत लाभका स्थितिहरू रहेकाछन्। भाग्यले राम्रो साथ
दिनेछ। पुरुषार्थको क्षेत्रलाई अझै सक्रिय गर्नुपर्यो।
वैशाख : स्वास्थ्य सम्बन्धी समस्या
जेठ : सुखलाभ
असार : आकस्मिक रूपमा धन र वाहनको लाभ
साउन : अनावश्यक खर्च
भदौ : स्थान परिवर्तन
असोज : यात्रा
कार्तिक : धनलाभ र सुख प्राप्ति
मङ्सिर : आर्थिक संकट
पुस : स्वास्थ्यमा समस्या
माघ : शत्रुनास
फागुन : लामो यात्रा र खर्चमा वृद्धि
चैत : पारिवारमा स्वास्थ्य सम्बन्धी समस्या र चिन्ता
कार्यक्षेत्र
व्यापार व्यवसायको दृष्टिले यो वर्ष राम्रो रहनेछ। इलेक्ट्रोनिक
कृषि वा आयुर्वेदिक औषधि पसल आदिको व्यापार लाभदायी रहनेछ्। खाद्य पदार्थ आदिको
पनि व्यापार लाभदायी रहनेछ। सामाजिक वा राजनैतिक क्षेत्रमा मानसम्मान र पद
प्रतिष्ठामा वृद्धिका योगहरू रहेकाछन् तर साथै आरोप र प्रत्यारोप लाग्ने
सम्भावनाहरू पनि रहन सक्छ।
प्रेम सम्बन्ध
आफन्तहरूको साथमा बैरभाव बढ्नेछ। युवा वर्गलाई नयाँ प्रेम
सम्बन्ध स्थापित गर्नमा गाह्रो हुनेछ। दाम्पत्य जीवनमा पनि मतभेद बढ्नेछ। टाढिएका
मित्रहरु सँग भेटघाट हुने सम्भावना छ।
शिक्षा
पढाइ लेखाइलाई लिएर वैदेशिक यात्राका योग छन्। धार्मिक वा
आध्यात्मिक शिक्षा लाभदायी रहनेछ। विद्यार्थीहरूमा नयाँ भाषा सिक्ने जोश र जाँगर
रहनेछ। सामाजिक सञ्जालको शिक्षा लाभदायी रहनेछ।
स्वास्थ्य
स्वास्थ्यको दृष्टिले यो वर्ष हजुरलाई उत्तम रहनेछ। पुरानो
समस्याहरूबाट छुटकारा मिल्नेछ। सानोतिनो चोटपटकको भय रहनेछ। नियमित व्यायाम
स्वास्थ्यको लागि लाभकारी रहनेछ।
शुभ रंग
रातो, सुनौलो र पहेलो
शुभ अंक
१, ७ र ९
शुभ बार
आइतबार, मंगलबार र विहीबार
शुभ महिना
जेठ, असार, कातिक र माघ
उपाय
वृद्धहरूलाई सहयोग गर्ने साथै भगवान सूर्यलाई अर्ग दिने, गायत्री मन्त्रको जप गरेर आफ्नो भाग्यमा वृद्धि
गर्न सक्नुहुनेछ। शनि ग्रहको विशेष शान्ति गर्नुहोला।
कन्याः टो पा पि पु ष ण ठ पे पो
कन्या राशि हुनेहरूको लागि यो वर्ष विशेष लाभदायी रहनेछ। बृहस्पति र राहुको अनुकूल प्रभावले शत्रु नाश हुनेछन्। गुरुको दशम स्थानमा गोचर हजुरको लागि मानसम्मान बढाउनेवाला रहनेछ। जीवनको मूल्यलाई लिएर केही मान्यता र धारणामा परिवर्तन हुन सक्छ। राजनीतिक क्षेत्रमा तपाईको मानसम्मान बढ्नेछ।
वैशाख : कष्ट र परिश्रम
जेठ : कान्तिक्षय
असार :कार्यसीद्धि
साउन : विजय लाभ
भदौ : खर्च वृद्धि
असोज : शारीरिक पीडा
कार्तिक : नोक्सानी
मङ्सिर : धन प्राप्ति
पुस : मानसम्मान प्राप्ति
माघ : आर्थिक संकट
फागुन : शत्रुनाश
चैत : लामो यात्रा
कार्यक्षेत्र
व्यापार व्यवसायमा राम्रो सफलता मिल्नेछ। हार्डवेयर वा कपडा आदिको
व्यापार हजुरको लागि लाभदायी रहनेछ। खाद्यान्नको कारोबारमा मन्दी आउला भने तरल
पदार्थको व्यापार पनि लाभदायी हुनेछ ।
प्रेमसम्बन्ध
सम्बन्धको दृष्टिले यो वर्ष सामान्य रहनेछ। दाम्पत्य जीवनमा
विश्वासमा कमी आउनेछ। टाढिएका इष्टमित्रहरू नजिक हुनेछन्। पारिवारिक सम्बन्धमा
अरूको कुरा सुनेर निर्णय नलिनुहोला। प्रेमसम्बन्धमा शंकाको बीज उत्पन्न हुने
सम्भावना छ सावधान रहनुहोला।
स्वास्थ्य
स्वास्थ्यको दृष्टिले समय सामान्य रहनेछ। वायुविकार वा
स्वास्थ्य सम्बन्धी समस्या बढ्नेछ। रोग प्रतिरोधात्मक क्षमतामा कमी आउनेछ। आँखाबाट
टाउको दुख्ने समस्याले सताउन सक्ला।
शिक्षा
यो वर्ष अध्ययनको क्षेत्रमा सफलता मिल्नेछ। इन्जिनियरिङ वा
मिडिया र आइटी क्षेत्रको अध्ययनमा विशेष सफलता मिल्ला।
शुभ रंग
हरियो, सेतो र सुन्तला
शुभ अंक
३, ५ र ८
शुभ बार
बुधबार, शुकबार र शनिबार
शुभ महिना
असार, साउन, मंगसिर र फागुन
उपाय
ग्रह शान्ति, गणेशजीलाई दुवो अर्पण, देवी भगवतीको आराधना गर्नुहोस्। वृक्षारोपण
जस्तो कार्यक्रमहरूमा सहभागी हुनुहोला भाग्यमा वृद्धि हुनेछ।
तुलाः रा रि रु रे रो ता ति तु ते
तुला राशि हुनेहरूको लागि यो
वर्ष शुभ फलदायी रहनेछ। बृहस्पति वा शनिको अनुकूल प्रभावले अधुरा कार्य पूरा
हुनेछन्। आर्थिक दृष्टिले यो वर्ष लाभपूर्ण रहनेछ। एकादश स्थानको केतुले आकस्मिक
धनलाभ दिनेछ। गुरुको अनुकूलताको प्रभावले सबै कार्य पूरा हुनेछन्। सन्तान लाभको
शुभ योग बनिरहेको छ। भूमि र भवन पनि जोड्न सक्नुहुनेछ।
वैशाख :
लामो यात्रा र खर्चमा वृद्धि
जेठ : स्वास्थ्यमा समस्या
असार : मानसम्मानमा हानि
साउन : सुख र धनवृद्धि
भदौ : गुमाएको धन हात लाग्ने
असोज : खर्चमा वृद्धि
कार्तिक : स्थान परिवर्तन
मङ्सिर : स्वास्थ्य सम्बन्धित समस्या
पुस : धनलाभ
माघ : मान सम्मानमा कमी
फागुन : आर्थिक संकट र ऋण
चैत : शत्रुनाश
कार्यक्षेत्र
नयाँ
उद्योग वा व्यापार सुरु गर्ने समय रहेको छ। आर्थिक समस्याहरू सुल्झिने छन्। सरकारी
नोकरीमा सरुवा बडुवा हुने योग छ। वैदेशिक शिक्षाको कारोबारबाट लाभ प्राप्त गर्न
सकिनेछ। शेयर बाजार पनि हजुरको लागि अनुकूल रहनेछ।
प्रेम सम्बन्ध
परिवारमा माङ्गलिक कार्यको शुभारम्भले सम्बन्धमा मजबुती आउनेछ। युवाहरूले प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउन सक्नुहुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ।
शिक्षा
शिक्षाको
दृष्टिले यो वर्ष सामान्य रहनेछ। विद्यार्थीहरूलाई परीक्षामा सोचेजस्तो परिणाम
नमिल्ला। शोध वा इन्जिनियरिङ क्षेत्रको पढाइ सफल रहनेछ। पत्रकारिता क्षेत्र मा पनि
राम्रो सफलता मिल्नेछ। मनमा चन्चलता बढ्नेछ। लेखन वा कला साथै साहित्यको क्षेत्रमा
निखार आउनेछ।
स्वास्थ्य
स्वास्थ्यको
दृष्टिकोणले यो वर्ष अनुकूल रहनेछ। रक्त सञ्चार वा आँखा दुख्ने समस्याले सताउन
सक्छ। पारिवारिक स्वास्थ्य वा औषधि उपचारमा धन खर्च हुनेछ। स्वास्थ्यप्रति उचित
परामर्श लिएर अगाडि बढ्नुहोस्।
शुभ रंग
सेतो, आकाशे, हरियो र कालो
शुभ अंक
६ ,८ र ४
शुभ बार
बुधबार, शुकबार र शनिबार
शुभ महिना
साउन भदौं र पुष
उपाय
भगवान
विष्णु र गणेशको उपासना गर्दै साथै ग्रह शान्ति गराएर सुख प्राप्त गर्न
सक्नुहुनेछ। अशक्तहरूको सेवा गर्नुहोस्।
वृश्चिकः तो ना नि नु ने नो या यि यु
बृश्चिक राशि
हुनेहरूका लागि यो वर्ष सामान्य रहेको देखिएको छ । बृहस्पति, शनि र राहुको प्रतिकूलताले कार्यक्षेत्रमा समस्या, राज्यबाट समस्या र भोगविलासिता र बाहन सुखमा कमी
हुनेछ। बोलीमा कठोरता र सन्तानमा समस्या देखिन सक्छ। अज्ञात भय र मनमा चिन्ताको
योग रहेको छ । शनिको अढैया दशा सकिएकाले रोग तथा आलस्य हराएतापनि पाँचौं शनि र
चौथो राहुले मातृ तथा गृह सुखमा कमी ल्याउनुका साथै नोकरीमा सम्मान नमिल्न सक्छ।
पारिवारिक विषयवस्तुमा केही समस्याहरू रहेका छन् त्यसर्थ सावधान रहनुहोला। आमा र
बुवासंगको सम्बन्धको कुराकानीमा पनि सचेत रहनुपर्ने आवश्यकता रहेको देखिएको छ।
नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि अनुभवी जनहरूको सल्लाह अवश्य लिनुहोला।
वैशाख : शत्रुमाथि विजय
जेठ : यात्रा र खर्चमा वृद्धि
असार : स्वास्थ्यमा कमजोरी
साउन : पाप र मानहानी
भदौ : अधुरा काम पूरा हुने र सुखमा वृद्धि
असोज : धन प्राप्ति
कार्तिक : आकस्मिक धननाश यात्राको योग
मङ्सिर : स्थान परिवर्तन
पुस : हानि नोक्सानी
माघ : अचानक धनलाभ
फागुन : स्वास्थ्य कमजोर
चैत : आर्थिक संकट
कार्यक्षेत्र
नोकरी वा पेसा हुनेहरूका लागि यो वर्ष सामान्य रहेको देखिन्छ तर
यदि तपाईं व्यापार व्यवसायमा हुनुहुन्छ भने विशेष लाभका स्थितिहरू रहनेछन् ।
व्यापारमा प्रगति, उन्नतिका र नयाँ अवसर पनि प्राप्त गर्न
सक्नुहुने छ। कुनै पनि नयाँ व्यापार प्रारम्भ गर्न चाहनुहुन्छ भने भाग्यले राम्रो
साथ दिनेछ। आम्दानीका नयाँ स्रोतहरू प्राप्त हुनेछन् तर खर्चमा पनि वृद्धि हुने
छ।
प्रेम सम्बन्ध
पञ्चमका शनि भएको कारणले गर्दा प्रेम सम्बन्धमा उतार चढाव देखिन
सक्छ। कसैमाथि पनि छिट्टै विश्वास गरिहाल्नु तपाईको लागि हानिकारक हुन सक्छ।
आफन्तजनहरुसँग पनि सानो तीनों विषयवस्तुलाई लिएर विवादहरू उत्पन्न हुने सम्भावना
रहेको छ। साझेदारी व्यापारमा र दाम्पत्य जीवनमा सुमधुर स्थिति रहेको देखिएको छ।
स्वास्थ्य
पारिवारिक स्वास्थ्यमा सामान्य समस्या रहेको देखिएको छ ।
घरपरिवार वा आफन्तजनहरूको स्वास्थ्यलाई लिएर सचेत रहनुपर्ने हुन्छ ।
शिक्षा
विद्यार्थी वर्गमा पर्नुहुन्छ भने यो वर्ष तपाईंको लागि अति नै
उपयुक्त र राम्रो रहेको देखिएको छ । आलसलाई चै परित्याग गरेर अगाडि बढ्नुभयो भने
सफलताका योगहरू रहेका छन्। इन्जिनियरिङ क्षेत्रका विद्यार्थीहरूको लागि विशेष
राम्रो अवसर प्राप्त हुनेछ। कुनै प्रकारका मुद्दा मामिला रहेका छन् भने आफै अगाडि
बढेर सुल्झ्याउन सक्नुहुनेछ। वैदेशिक रोजगारको लागि वर्षको प्रारम्भको समय अति नै
उपयुक्त र हाम्रो रहेको देखिएको छ तर मध्य समय र वर्षको अन्त्य समयमा केही
समस्याहरूको यहाँले सामना गर्नुपर्ने हुन्छ ।
शुभ रंग
कलेजी,रातो र खैरो
शुभ अंक
१,२,५ र ९
शुभ बार
आइतबार, मंगलबार र बिहीबार
शुभ महिना
वैशाख भदौं र माघ
उपाय
मंगलवारको दिन गणेशजीलाई दुवो अर्पण गर्नुहोस् र वर्षभरि नै
हनुमानजीको विशेष आराधना गर्नुहोस्। कसैलाई रातो कपडा दान गर्दा पनि राम्रो हुने
छ।
धनुः ये यो भा भि भु धा फा ढा
भे
धनु राशि हुनेरूको लागि यो वर्ष
मध्यम फलदायी रहनेछ। शनिको अढैयाको कारण विघ्न बाधाहरु आउनेछ। गुरुको सप्तम
स्थानमा गोचर शुभ फलदायी रहनेछ। घर परिवारमा विवाह आदिको मांगलिक कार्य सम्पन्न
हुनेछ। नजिकका व्यक्तिहरूबाट साथ मिल्नेछ। कार्य क्षेत्रमा प्रशंसाको पात्र
बन्नुहुनेछ । राजनीतिक क्षेत्रमा हुनुहुन्छ भने विचार गरेर आफ्नो अभिव्यक्ति
राख्नुपर्ने हुन्छ । सामाजिक कार्य पूर्ण गरेर उदाहरणको पात्र बन्न सक्नु हुन्छ।
आफ्नो लागि समय अवश्य पनि निकाल्नुहोस्। आध्यात्मिक क्षेत्रमा राम्रा योगहरू
बनिरहेका छन्।
वैशाख :
आर्थिक संकट
जेठ : शत्रुनाश
असार : लामो यात्रा
साउन : स्वास्थ्य कमजोर हुने र चिन्ता
भदौ : मानहानि हुने
असोज : कार्यसिद्धि धनलाभ
कार्तिक : श्रीप्राप्ति
मङ्सिर : हानि नोक्सानी बढ्ने,सम्बन्धमा समस्या
पुस : स्थान परिवर्तन
माघ : स्वास्थ्य समस्या
फागुन : अधुरा काम पूरा हुन
चैत : पारिवारिक समस्याले सताउने
कार्यक्षेत्र
व्यापार
व्यवसायको दृष्टिले यो वर्ष धनु राशिहरूको लागि सामान्य रहनेछ। चुनौतीपूर्ण
कार्यहरूमा सफलता मिल्नेछ। कपडा व्यापार स्टेसनरी व्यापार लाभदाइ रहनेछन्।
प्रेम सम्बन्ध
पारिवारिक
समस्याहरूबाट मुक्ति मिल्नेछ। प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नुहुनेछ।
दाम्पत्य जीवन सुमधुर रहनेछ। आफूभन्दा साना भाइबहिनीहरु सँग राम्रो सम्बन्ध
स्थापित हुनेछ।
स्वास्थ्य
श्वास्थ्यलाई
लिएर यो वर्ष हजुरको सामान्य रहनेछ। नशा सम्बन्धी समस्या बढ्नेछ। रक्तचाप आदि
समस्या रहेको छ भने सचेत रहनुहोस्। यो वर्ष स्वास्थ्यलाई लिएर बेवास्था
नगर्नुहोला।
शिक्षा
विद्यार्थीहरूलाई
शिक्षाको दृष्टिले यो वर्ष उत्तम रहनेछ। शिक्षालाई लिएर विदेशतिर जाने अवसर
मिल्नेछ। व्यवस्थापन तथा आध्यात्मिक क्षेत्रमा विद्यार्थीले उच्च सफलता पाउनेछन्।
शुभ रंग
रातो, पहेलो, सुन्तला र गुलाबी
शुभ अंक
३,५ र ९
शुभ बार
बुधबार, बिहीबार र शुक्रबार
शुभ महिना
जेठ, असोज, कार्तिक र फागुन
उपाय
शनि
संकटा मन्दिरमा गएर बत्ती बाल्ने। भगवान शिवलाई रुद्राभिषेक गरेर आफ्नो भाग्यलाई
राम्रो बनाउनुहोस्। अशक्तहरूको सेवा गर्नुहोस्।
मकरः
भो जा जि जु जे जो ख खि खु खे खो गा गि
मकर राशि हुनेहरूको लागि यो
वर्ष सामान्य रहेको छ। शनी शुभ फलदायी रहनाले सोचेको कार्य सिद्ध हुनेछ। यो वर्ष
बृहस्पति हजुरको लागि प्रतिकूल प्रभावमा रहनेछ। संयमित भएर कार्य गर्दा मानसम्मान
बढ्नेछ। शनिको अनुकूल प्रभाव सरकारी कार्यक्षेत्रमा पदोन्नतिका योग लिएर आउला। धन
स्थानमा राहुको प्रभावले खर्चमा वृद्धि हुनेछ।
वैशाख :
मनोबलमा कमी
जेठ : हीनता
असार : शत्रु पराजय
साउन : यात्रा
भदौ : कष्ट र परिश्रम
असोज : कान्तिक्षय
कार्तिक : धननास
मङ्सिर : कार्यसिद्धी
पुस : धननास र पीडा
माघ : स्थान परिवर्तन
फागुन : हानी नोक्सानी
चैत : स्वास्थ्य लाभ
कार्यक्षेत्र
व्यापार
व्यवसायको दृष्टिले यो वर्ष लाभदायी रहनेछ। शनिगत व्यापार जस्तै हार्डवेयर
सम्बन्धी व्यापारबाट लाभआर्जन गर्न सकिनेछ। उद्योग व्यापारमा लाभका विभिन्न
मार्गहरू खुल्नेछन्। नोकरी वा पेशाक्षेत्रमा धेरै जिम्मेवारी प्राप्त होला।
सामाजिक कार्यमा मान प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा स्थान परिवर्तनका योग छन्।
प्रेम
सम्बन्ध
कार्यक्षेत्रमा
आफन्तहरूको सहयोग मिल्नेछ। शनिको अनुकूल प्रभावले बिगरिएका सम्बन्ध बन्नेछन्। नयाँ
प्रेम सम्बन्ध स्थापित हुन सक्ला। बृहस्पतिको अनुकुल प्रभावले केही अप्ठ्यारा
परिस्थितिहरू उत्पन्न हुनेछ। दाम्पत्य जीवनमा सानातिना प्रतिकूल स्थिति उत्पन्न
हुनेछन।
स्वास्थ्य
स्वास्थ्य
सम्बन्धी चिन्ताबाट मुक्ति मिल्नेछ। स्वास्थ्यमा बृहस्पतिको प्रतिकूल प्रभावले
पेटसम्बन्धी समस्याले सताउनेछ। नशा सम्बन्धी वा हड्डी सम्बन्धी पुरानो समस्यामा
कमी आउनेछ। रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि भगवान सूर्यलाई अर्ग दिनुहोस्।
शिक्षा
यो वर्ष
शिक्षाको लागि सफल र फलदायी समय रहनेछ। टेक्नोलाँजी सम्बन्धी शिक्षा फलदायी रहनेछ।
साहित्य वा कला र शिक्षणको क्षेत्रमा सफलता मिल्नेछ। पढाइ लेखाइको लागि विदेशतिर
जाने योगमा बाधा आउन सक्ला।
शुभ रंग
कालो, नीलो, बैजनी र खैरो
शुभ अंक
३, ६, र ९
शुभ बार
बुधबार, शुक्रबार र शनिबार
शुभ महिना
कार्तिक, पुष र चैत
उपाय
ग्रह
शान्ति आदि गरेर भगवान विष्णुको उपासना र देवीको उपासना गरेर वर्षभरि मान
प्रतिष्ठा बढाउन सक्नुहुनेछ। बृहस्पति र राहुको शान्तिको लागि पीपलको पूजा
गर्नुहोस्।
कुम्भः
गु गे गो सा सि सु से सो दा
कुम्भ राशिहरूको लागि यो वर्ष सामान्य रहनेछ। पञ्चमेेश बृहस्पति शुभ फलदायी रहनेछन्। नोकरी पेसामा उन्नति हुनेछ। गुरुको अनुकूल प्रभावले धर्मकर्ममा धेरै समय व्यतीत हुनेछ। मठ मन्दिर वा धार्मिक यात्राका योग छन्। शनि राहु केतुको प्रतिकूल प्रभावले मनमा शंकास्पद स्थिति उत्पन्न हुनेछ।
वैशाख : धन प्राप्ति
जेठ : मानहानी
असार : यात्रामा धन खर्च
साउन : धन प्राप्ति
भदौ : यात्रा तथा खर्चमा वृद्धि
असोज : स्वास्थ्य समस्या
कार्तिक : मानहानि र स्थान नाश
मङ्सिर : श्रीप्राप्ति
पुस : श्रीप्राप्ति
माघ : स्वास्थ्य समस्या
फागुन : श्रीप्राप्ति
चैत : व्यापारमा हानि नोक्सानी
कार्यक्षेत्र
व्यापार
व्यवसायमा बृहस्पतिको अनुकूल प्रभावले नयाँ कार्यतर्फ प्रेरित गर्नेछ। विकासका
नयाँ बाटोहरू खुल्नेछन्। धन सञ्चयको दृष्टिले समय सामान्य रहनेछ धेरै धनसञ्चन गर्न
नसकिएला। कार्यक्षेत्रमा आफ्नो नयाँ स्टार्टअप प्रारम्भ गर्न सक्नुहुनेछ। उद्योगमा
लाभ रहनेछ। पार्टनरशिप व्यापारको लागि यो वर्ष त्यति अनुकूल नहोला सावधान भएर
निर्णय लिनुहोला।
प्रेम
सम्बन्ध
पारिवारिक
सम्बन्ध सौहार्दपूर्ण रहनेछ। आफन्तहरूले मांगलिक कार्यमा सकारात्मक सहयोग दिनेछन्।
साना भाइ बहिनीहरूसँग सानो तिनो कुरामा वाद विवाद बढ्नेछ। समय समयमा इष्टमित्रहरूको
पूर्ण सहयोग मिल्नेछ। दाम्पत्य जीवन सामान्य रहनेछ भने प्रेम सम्बन्ध सुमधुर
रहनेछ।
स्वास्थ्य
स्वास्थ्यको
दृष्टिकोणले यो वर्ष सामान्य रहनेछ। शारीरिक स्वास्थ्यभन्दा मानसिक स्वास्थ्यमा
ध्यान राख्नुपर्ने हुन्छ। नियमित जाँच वा स्वस्थ जीवनशैली हजुरको लागि अनुकूल
रहनेछ।
शिक्षा
शिक्षाको
क्षेत्रमा कठोर चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ। शिक्षाको क्षेत्रमा मेहनत
अनुरुप सफलता मिल्नेछ। सफलता पाउनलाई शिक्षक वा गुरुजनहरूको सम्मान गर्नुहोस्।
विद्यार्थीहरूको वाक्चातूर्यतामा वृद्धि हुनेछ।
शुभ रंग
सुन्तला, नीलो, बैजनी र खैरो
शुभ अंक
३, ५ र ९
शुभ बार
बुधबार, शुक्रबार र शनिबार
शुभ महिना
वैशाख, साउन र पुष
उपाय
वर्षभरी
गाईको सेवा गरी भाग्य उदय हुनेछ। आफ्नो घरको प्रवेश द्वारको दक्षिण पश्चिम कुनामा
मयूरको प्वाख लगाउनुहोस्। आइतबारको दिन भगवान सूर्यलाई जल अर्पण गर्नुहोस् शारीरिक
ऊर्जामा वृद्धि हुनेछ। ग्रह शान्ति आदि गरेर शक्तिको आराधना गर्नुहोस्।
मीनः
दि दु थ झ ञ दे दो चा चि
मीन राशि हुनेहरूको लागि समय उत्तम रहनेछ। बृहस्पतिको अनुकूल प्रभावले मुद्दा मामलाहरूमा विजय पाइनेछ। द्वादश स्थानको शनिले वैदेशिक योग बनाउनेछन्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोस्। शनि र राहुको प्रतिकूल प्रभावले सोचेको कार्य समयमा सम्पादन नहोला। घर जग्गा जमिन वा वाहनमा वृद्धि हुनेछ। लग्नमा स्थित शनिले समाजमा अपयस दिलाउन सक्ला। नैतिक मूल्यलाई अगाडि राखेर कार्य गर्नुहोस्।
वैशाख : हानि नोक्सानी
जेठ : अप्रत्याशित लाभ
असार : स्वास्थ्यमा बाधा
साउन : आर्थिक संकट र ऋण वृद्धि
भदौ : शत्रु नास र सुखवृद्धि
असोज : लामो यात्रा र खर्चमा वृद्धि
कार्तिक : स्वास्थ्यमा खर्च
मङ्सिर : मानहानी
पुस : धन र सुखवृद्धि
माघ : धन र सुखवृद्धि
फागुन : आम्दानीभन्दा खर्चमा वृद्धि
चैत : आम्दानीभन्दा खर्चमा वृद्धि
कार्यक्षेत्र
व्यापार
व्यवसायको दृष्टिले यो वर्ष सामान्य रहनेछ। खाद्यान्न सम्बन्धी तरल पदार्थको
व्यापार लाभदायी रहनेछ। वैदेशिक रोजगारको नयाँ अवसरहरू मिल्नेछ। होटल सम्बन्धी
व्यापारमा पनि राम्रो फड्को हात लाग्न सक्नेछ। कारोबार सोचेजस्तो गतिले यो वर्ष
नचल्ला।
प्रेमसम्बन्ध
सम्बन्धको
दृष्टिकोणले वर्ष राम्रो रहनेछ। युवा वर्गहरूमा
नयाँ
प्रेम प्रसंग प्रारम्भ हुनेछ। वाहन सुविधाको आनन्द मिल्नेछ। परिवारमा कुटुम्बमा
वृद्धि हुनेछ। दाम्पत्य जीवन सामान्य रहनेछ। टाढिएका मित्रहरूसँग सामिप्यता
बढ्नेछ। दिदीबहिनी आदि सबैको सहयोग मिल्नेछ।
शिक्षा
मीन
राशिको विद्यार्थीहरूको लागि यो समय उत्तम रहनेछ। परीक्षामा राम्रो परिणाम
मिल्नेछ। शिक्षाको क्षेत्रमा शिक्षकको सल्लाहले सम्भावित मार्गदर्शन मिल्नेछ।
शुभ रंग
पहेलो, गुलाबी बैजनी र रातो
शुभ अंक
१, ५ र ९
शुभ बार
आइतबार, मंगलबार र बिहीबार
शुभ महिना
जेठ, पुष र माघ
उपाय
पिपलको
वृक्षलाई जल अर्पण गर्नुहोस् शनिगत पीडा कम हुनेछ। आफ्नो बैठक रूमको उत्तर पश्चिम
कुनामा एउटा क्रिस्टलको कछुवा राख्नुहोस् । भाग्यले साथ दिनेछ।
(ज्योतिष
पण्डित धर्मेन्द्र कृष्ण पौडेल)