कार्तिक ५ । तिहार नजिकिए सँगै तिहार लक्षीत ब्यापार शुरु
भएका छन् । विशेष गरि फूलको पर्व भनेर चिनिने तिहारमा, ढाका टोपी, रेडिमेड फूलका माला
लगायत रङहरुको ब्यापार शुरु भएको हो । तिहारमा दिदिबहिनीहरुले आफ्ना दाजुभाईलाई
सप्तरङ्गी टिका लगाई पहिरण उपहार दिने चलन
छ । नेपाली दिदिबहिनीहरुले पहिरणको
रुपमा धेरै जसो ढाका टोपी दिने चलन छ । ढाका टोपीलाई नेपालीहरुको पहिचान
मानिन्छ । अरु समयमा ढाका टोपीलाई त्यति
वास्ता नगरे पनि तिहार बेला यसलाई महत्व दिने चलन छ । धेरै जसो दिदीबहिनीहरुले पहिरणको रुपमा
ढाकाटोपी लगाई दिने चलन छ ।
ओखलढुंगा बजारमा बेच्न राखिएका ढाका टोपी M
पहिलाको तुलनामा अहिले ढाका टोपीको ब्यापार घटेको बताउनुह्ुन्छ ब्यापारी फडिन्द्र कटवाल, उहाँका अनुसार पहिला ढाकाटोपी किन्ने मन्छे (ग्राहक) को लाइन हुन्थ्यो तर अहिले फाट्टफुट्ट मात्रै ढाका टोपी किन्न आउने गरेका छन्