ओखलढुंगा माघ २९ ।
यातायात व्यवस्था कार्यालय ओखलढुंगा
रुम्जाटारले लाइसेन्स वितरण गर्ने कार्य शुरु गरेको छ । माघ २८ गते बाट अनलाईन मार्फत फारम भर्न शुरु
गरेको हो । २०७७ साल फागुन महिनामा कार्यालय सन्चालनमा आएको भए पनि भर्खर मात्र
लाइसेन्स दिने कार्य शुरु गरेको हो । कार्यालयले शुरु देखि दर्ता तथा नविकरण गर्ने
कार्य गर्दै आएको थियो । ट्रायलसेन्टर उपलब्ध नहुँदा लामो समय सम्म लाइसेन्स वितरण
गर्न सकेको थिएन । अहिले ट्रायलसेन्टर भाडामा लिएर सन्चालन गर्न लागेको कार्यालयले
जनाएको छ । दुइपाङ्ग्रे ः मोटरसाईकल, स्कुटर र चारपाङ्ग्रे ः कार, जीप, डेलीभरीभ्यान, ट्याक्टर, बस र ट्रकको
लाइसेन्सका लागि अनलाइन मार्फत आबेदन लिन
शुरु गरिएको कार्यालय प्रमुख गोपाल दाहालले बताउनु भयो । साथै उहाले भन्नुभयो; “ट्रायलसेन्टरका लागि
ठाउ नभएर लाइसेन्स वितरण गर्न केहि ढिला भएको थियो, अहिले भाडामा लिएर
शुरु गरेका छौ ।” रुम्जाटार बाट लाइसेन्स वितरण हुनथाले पछि, माथिल्लो सगरमाथाका
नागरिकलाई सहज भएको छ । लाइसेन्स
लिनकै लागि काठमाण्डौ, गाईघाट, लाहान वा अन्य कुनै
ठाँउ जानुपर्ने बाध्यता हटेको छ । यातायात व्यवस्था कार्यालय रुम्जाटारले लाइसेन्स
वितरण गर्न शुरु गरेपछि माथील्लो सगरमाथा लगायतका नागरिक खुशी भएका छन् ।