असार २२ । ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं १२ स्थित जिविस टोलमा किराना पसल सहितको खाजाघर बगाउदा दुइजना घाइते भएका छन् । होटल तथा किराना पसल सन्चालिका इन्दीरा खत्रीको किराना पसल सहितको जस्ताको घर बगाएको हो ।
खजाघर र पसल सहितको जस्ताको घर
बगाउदा ३५ वर्षिय इन्दीरा खत्री र उहाँकी छोरी १३ वर्षिय लक्ष्मी विष्ट घाइते भएका
छन् । घाइते आमाछोरी दुवै जनाको सामुदायिक
अस्पताल मिसन सोब्रुमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी
दिएको छ । किराना पसल सहितको खाजा घर (जस्ताको) बगाउदा कति क्षति भएको हो, यकिन भइनसकेको
प्रहरीले जानकारी दिएको छ ।
२१ गते शुक्रबार रातिदेखि भएको अविरल वर्षाका कारण गएको पहिरोले सन्चालन
भईरहेको जस्ताको छानो र जस्ताकै बेरा भएको खाजा घर बगाएको हो । प्रहरीका अनुसार
आमा इन्दीराको शरिरका विभिन्न ठाउँमा चोट र छोरी लक्ष्मीको दुवै खुट्टामा चोट
रहेको छ ।
खाजाघर सन्चालन भईरहेको अवस्थामा शुक्रबार दिउसो करिब ३ः५० बजेको समयमा
पहिरो गएको थियो । सडकको डिलमा भएको घर पहिरोले बगाएर डिल मुनी पु¥याएको थियो । आमा
छोरीलाई डिलमुनी पुरिएको अवस्थामा उद्धार गरिएको जनाएका छन् । स्थानियबासीका
अनुसार खाजा घरमा खजा खाईरहेका अन्य दुई जना पनि पहिरो पछि आफै निस्केर गएको
बताएका छन् । पहिरो गएपछि केहि समय यातायातका साधन पनि अबरुद्ध भएका थिए ।
पहिरो गएको जानकारी पाउन साथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र
नेपाल आर्मीको टोली सहित स्थानिय बासीले उद्धार गरेको बताएका छन् । किराना पसल
सहितको खाजा घर पुर्ण क्षति भएको र घरभित्र भएका सम्पुर्ण सामग्रीहरु पुरिएका छन्
।
भोजपुर स्थाई घर भएकी इन्दीरा खत्री ओखलढुंगा जि.वि.स टोलमा किराना पसल तथा होटल सन्चालन गर्दै आउनु भएको थियो ।